श्रृष्टी र केशवको प्रस्तुतीले सबैको मन छोयो (भिडियो सहित)


१० असोज, सुर्खेत । हिमालय एचडी टिभीमा शुरु भएको डान्सिङ्ग विथ स्टार नेपालको पहिलो भागबाट नै सुर्खेती यूवा नृत्यनिर्देशक केशब थापा र व्लाइण्ड रक्सका श्रृष्टी केसीको प्रस्तुतीले सबैको मन जितेको छ ।

१६ बर्षको उमेर देखि पूर्णरुपमा आँखाको ज्योति गुमाउनुभएका श्रृष्टीले सुर्खेती यूवा नृत्यनिर्देशक केशब थापाको साथले पहिलो भागबाट नै सबैको मन जित्न सफल हुनुभएको हो ।

श्रृष्टी र केशबको प्रस्तुतीलाई कार्यक्रममा निर्णायक गौरी मल्ल दिलिप रायमाझी र रेनेशा राईले उठेर सम्मान गर्नुभएको थियो । तर तिनै जना निर्णायकले सम्मान गरेपनि निर्णायक रेनेशा राईले अन्य दुई निर्णायक भन्दा १ नम्बर कम दिनुभएको थियो ।

निर्णायक गौरी मल्लले श्रृष्टी केसीलाई दृष्टी भन्दा धेरै माथि पुगीसकेको श्रृष्टी भनेर श्रृष्टीलाई हौसला प्रदान गर्नुभएको थियो । उहाँले भन्नुभयो “श्रृष्टीको नृत्यमा निखार ल्याउने केशवलाई उच्च सम्मान गर्दछु ।”

कार्यक्रममा नेपालका विभिन्न क्षेत्रका ११ जना स्टारहरुको सहभागिता रहेको छ जस्मा श्रृष्टीको सहभागीता अन्य प्रतियोगि भन्दा फरक रहेको छ ।

नृत्यनिर्देशक केशव थापाले सम्पूर्ण सुर्खेतीबासीहरुमा श्रृष्टी र आफ्नो प्रस्तुतीलाई हेरेर भोट गरिदिनहुन अनुरोध गर्नुभएको छ । भोट गर्नकालागि भने IMEpay को एप्सबाट गर्न सकिने आयोजकले जनाएको छ ।