सम्झना कामीको हत्याको विरोधमा जुलुस निकालियो (भिडियो सहित)


१० असोज, सुर्खेत । गत बुधबार साँझ साढे ५ बजे घरबाट गाई-गोरु गोठभित्र बाँध्न निस्केकी १२ बर्षिय सम्झना कामीको बलात्कार पछि हत्याको घटनालाई लिएर आज कर्णाली राजधानी वीरेन्द्रनगरमा विरोध जुलुस निकालिएको छ ।

बझाङ जिल्लाको मष्टा गाउँपालिका वडा नम्बर-०२ खिकालामा निवासी १२ वर्ष कि बालिका सम्झना कामीको बलात्कार पछि हत्याकाे घटनालाई लिएर आज कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर स्थित मङ्गलगढि चाेकमा कालीकाेट-सुर्खेत सेवा समाजद्वारा विरोध जुलुस निकालिएको हो ।

जुलुसले ‘बलत्कारीलाई फाँसी दिनेकाे कानुन निर्माण गर’, अपराधीलाई कार्वाही गर, सुशासनलाई कायम गर, न्यायकाे पक्षमा आवाज बुलन्द गर, नाबालिक बलात्कृत भइन्, जिम्मेवार काे?, पीडित परिवारलाई न्याय दे, जस्ता नारा लगाइएको थियो ।