ज्योति लाइफ इन्स्योरेन्स चौथौ बर्षमा प्रवेश,शाखा सुर्खेतले पनि मनायो बार्षित्वस


८ असोज सुर्खेत । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चौथौ बर्षमा प्रवेश गरेको छ । बिहिबार देखि कम्पनी चौथौै बर्षमा प्रवेश गरेको हो । कम्पनीले आफ्नो चौथौ बार्षित्वसको अवसरमा यस स्थानसम्म ल्याउन सहयोग गर्ने नियमक निकाय बीमा समिति, बीमीत ,अभिकर्ता, र कम्पनीमा आवद्ध सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ ।

तेश्रो बार्षिकोत्सव कार्यक्रमको सन्दर्भमा कम्पनीले आगामी दिनमा अझ बढि सशक्त रुपमा ब्यवसाय बृद्धि गर्ने प्रतिबद्धता लिएको छ ।कम्पनीले यस अवधिसम्ममा आफनो जीवन बीमा कोषमा २ अर्ब रकम राख्न सफल भएको छ । कम्पनीको कुल लगानी ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने सुर्खेतमा पनि चौथौ बार्षित्वसको अवसरमा विभिन्न कार्यक्रमहरु गरि मनाईएको छ ।