मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव


२५ असोज, सुर्खेत । दिनप्रतिदिन अधिराज्यभर संगै कर्णालीमा पनि बढी रहेको कोरोना भाइरस कोभिड १९ ले तातिरहेको कर्णाली प्रदेश आजबाट भने प्रदेश सरकार माथि अविश्वासको प्रस्तावले तातिन शुरु भएको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका आफ्नै पार्टीका १८ जना साँसदहरुले यतिवेला सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि नयाँ राजनितिक तरंग ल्याएको छ ।

अविश्वासको प्रस्ताव दर्ता गराउने साँसदहरुमा ठम्मर बिष्ट, पुष्पा घर्तिमगर (उपसभामुख) र धर्म रेग्मी (तीनजना) पूर्वमाओवादी तर्फका छन् भने बाँकी १५ जना पूर्व एमालेका सांसद रहेकाछन् । कर्णाली प्रदेशमा एकतापछि पूर्व माओवादी कोटाबाट मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही मुख्यमन्त्री निर्वाचित हुनुभएको हो ।

प्रदेशको मुख्यमन्त्रीमा पूर्व एमालेका यामलाल कँडेलको चर्चा निकै चलेको थियो तर पार्टी एकता संगै ६ नं. (कर्णाली) प्रदेश पूर्व माओवादीको भागमा परेपछि शाही मुख्यमन्त्री बन्नुभयो । त्यस समय नेता कँडेलले मुख्यमन्त्रीमा आलोपालो प्रस्ताव राखेपनि पार्टी केन्द्रको निर्णय भन्दै शाहीले अस्वीकार गरिदिएपछि मुख्यमन्त्री शाहीविरुद्धको मोर्चाबन्दी शुरूभएको पाइन्छ ।