सातौ पटकको असफल प्रयास पछी प्रमुख सचेतक चट


२६ असोज सुर्खेत । कर्णाली प्रदेशको राजनिती सरगर्मी आजबाट फरक भएको छ । नेकपा प्रदेश सभा दलका नेता महेन्द्रबहादुर शाहीले आफ्ना दलका प्रमुख सचेतक गुलावजङ्ग शाहलाई सचेतकबाट पदमुक्त गरेपछि राजनितिले नयाँ मोड लिएको हो ।

जानकारहरुका अनुसार विभिन्न बहानामा मुख्यमन्त्रीको विरोध र आलोचना गर्दै गरेको सातौ पटकको असफल प्रयास पछी प्रमुख सचेतकको जिम्मेवारी चट भएको छ ।

साबिकको नेकपा एमाले र नेकपा माओवादी पार्टी एकताको लहर चलीरहेको बेलामा कर्णाली प्रदेशमा भने जुटाउनु भन्दा फुटाउनुमा रमाउने नेताहरुले सातौ पटक पनी हार बेहोर्नु परेको बताइएको छ ।

दुइ ठुला पार्टी बिचको एकता प्रकृया टुङ्गोमा नपुगदै र केन्द्रिय सरकारमा भागबन्डाको रडाको मच्चीरहेको बेलामा त्यसैको छनक देखाउनु खोजेका कर्णालीका असफल जिम्मेवार कार्यकर्ताहरुले यो नियती भोग्नु पुरेको जानकारहरु बताउँछन् ।

गुट उपगुटको राजनितीबाट ब्यक्तीगत स्वार्थको लागी बेला बेलामा नेतृत्व माथी नै प्रहार गर्ने गरी गरेको प्रयासहरु यतिवेला बालुवामा पानी हालेझे झै भएको यो पहिलो पटक नभएर सातौ पटक भएको जानकारहरु बताउँछन् ।

कहिले सरकारले गरेका काम कारबाही त कहिले सिधै नेतृत्वको कार्य कौशलतामा माथी नै प्रशन चिन्ह खडा गरी गरीने गुटबन्दीलेको परिणाम स्वरुप यस पटक प्रमुख सचेतकको जिम्मेवारीबाट हात धुनु परेको हो ।

यतिखेर मुख्यमन्त्रीको अबिश्वासको प्रस्तावमा आफ्नै दलका सभासदहरुले मत दायर गरेपछी पार्टीको निती र नियम बिपरित गएर गलत कदम उठाएको निजको काम कारबाहीहरु सन्तोषजनक नभएकाले कर्णाली प्रदेश सभाका सदस्य तथा प्रमुख सचेतक गुलावजङ्गशाह लाइ  कर्णाली सभा दलको विधानको धारा ७ अनुसार प्रमुख सचेचकमा नियूक्त गरीएकोमा तपाइको काम कारबाही सन्तोषजनक नभएकोले आजसम्म गरेको कामकोलागी  धन्यवाद दिदै तपाईलाइ नेपाल कम्युनिष्ट पार्टी( नेकपा) प्रदेश सभादलको प्रमुख सचेतकको  जिम्मेवारिबाट  मुक्त गरेको छु भनी प्रदेश सभा दलका नेता तथा कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले हस्ताक्षर गरेको पत्र सार्बजनिक भएको छ ।

प्रदेश सभा दलका नेता तथा कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले प्रमुख सचेतकलाइ जिम्मेवारी मुक्त गरे लगत्तै अर्का कर्णाली प्रदेश सभा सदस्य सिता कुमारी नेपाली लाइ प्रदेस सभा दलको बिधान बमोजिम पार्टी र दलको हितमा कामकाज गर्नुहुने बिश्वास सहित तपाइलाइ प्रमुख सचेतक पदमा नियूक्त गरीएको छु भनी अर्को पत्र पनि लेख्नु भएको छ ।