कोरोना कहरले शिथिल अर्थतन्त्र

प्रवाश कुमार शाक्य

 

विश्व अहिले कोरोना भाइरस कोभिड १९ को महामारीले च्यापेको अवस्था छ । अहिले जताततै केवल कोरोना कै कुरा हुन्छ । यसो गर्यो कोरोना उसो गर्यो कोरोना । यही कोरोनाको त्रासमा यतिखेर सारा मानव जगत बाँची रहेको छ ।

हाम्रो देशमा कोरोना भाइरस कोभिड १९ ले जतीलाई अंगालेको छ त्यसको अनुपातमा मानिसको मृत्युदर भने कम रहेको छ । यस्को उपचार के भन्दा । कसैको मुखबाट उत्तर आउनै मुस्किल पर्छै । स्वास्थ्यकर्मी एउटै उत्तर हुन्छ कसैसंग भेटघाट नगरे घरमा समेत अलग्गै बस यही नै हो उपचार । यस्को अहिले सम्म कुनै ओखती बनेको छैन् । बैज्ञानिकहरु दिनरात खटिरहेका छन् मानवजगतलाई कसरी बचाउन सकिन्छ भनेर ।

कोरोना भाइरस हाम्रो मित्र राष्ट्र चीनको बुहान शहरबाट शुरु भएको बताइएको छ । हामी भाग्यमानी हौ भनेर भन्नुपर्छ । यती नजिकको छिमेकी देश बाट शुरुभएको यो रोगको शिकारमा हामी निकै नै न्यून मात्रा छौं । यो हाम्रो अहोभाग्य नै हो । हामी भन्दा धेरै टाढका देशमा धेरै फैलिरहेको यो रोग हाम्रो देशमा न्यून हुनु चमत्कारी नै हो जस्तो मान्नुपर्छ ।

धेरै राष्ट्रले कोरोनाको संक्रमणबाट आफ्नो जनतालाई बचाउनकालागि राष्ट्रलाई लकडाउन गरेर राखेका थिए । यही स्थितीबाट हाम्रो देश पनि गुज्रीसकेको छ । यतिवेला नागरिक भन्ने गर्छन सरकारले देशलाई चाँडो लकडाउन गर्यो । पहिला नाका शिल गर्नुपर्ने अनी लकडाउन । तर जस्ले जति जे भनेनी लकडाउनले कोरोना भाइरसलाई धेरै हद सम्म समुदायमा फैलन रोकेको नै हो । लकडाउन खुले संगै समुदायस्तरमा यसरी कोरोनाको महामारी फैलियो कि जुन हामी सोच्च पनि सकिरहेका छैनौ ।  लकडाउनलाई उल्लंघन गर्नेपनि थुप्रै भेटिए । यती लामो लकडाउन होला भनेर न सरकारले न जनताले सोचेका थिए । तर परिस्थिती अर्कै भइदियो ।

यही कोरोना भाइरसले मानिसमा एउटा दयाको भावना पनि जगाएको पाइन्छ । धेरै व्यक्ति कोरोनाको समयमा दैनिक मजदुरी गरेर जिवीकोपार्जन गर्नेहरुकालागि राहत वितरण गरेका थिए । सरकारले पनि स्थानीय सरकार मार्फत राहतका कार्यक्रम ल्यायो तर विवाद रहित भने हुन सकेन । यही राहतमा पनि राजनिती भएको पाइन्छ । राहत सम्बन्धित विपन्न परिवारले राहत नपाउनु हुनेखानेहरुले राहत लिएको जनगुनासोहरु लकडाउनको वेला चले ।

लकडाउनको शुरुवाती देखि केही समय सम्म कर्णाली प्रदेश कोरोना रहित बनेको थियो । सबै प्रदेशमा कोरोना फैलिसकेको थियो तर कर्णालीमा भने कोरोना शुन्यदरमा थियो । प्रदेश सरकारले कोरोना भाइरसको महामारीलाई रोक्न सक्दो प्रयास गरेको हो ।

जब मित्र राष्ट्र भारतमा रोजगारीको शिलसिलामा गएका कर्णालीका नागरिक कोरोनाको कारणले घर फर्किन थाले अनी कर्णालीमा कोरोना महामारीको शुरुवात भएको हो । महामारी यसरी भयो कि प्रदेशको दैलेख जिल्ला संक्रमितहरुको अत्याधिक दरमा परिणत भयो । जसरि उदयपुरको भुल्के भएको थियो ।

कोरोना भाइरसको महामारीले सारा विश्व जगतको अर्थतन्त्रलाई उथलपुथल पारेको पाइएको छ । कर्णाली प्रदेश सरकारले प्रदेशमा कोरोनाको महामारीलाई रोक्न विभिन्न किसिमका कार्यक्रमहरु संचालन गरेको थियो जुन अहिले पनि चलिरहेको छ ।

कर्णाली प्रदेशमा गरिवी अशिक्षा अधिकान्स भएको पाइन्छ । महामारीको समयमा कसरी जनतालाइ सुसुचित गर्ने भन्ने ठुलो विषय बनेको थियो । अहिले कर्णाली प्रदेशमा एउटा बानी चाही सबैले बसालेकाछन् त्यो भनेको सफा रहनकालागि साबुनपानीले हात हुने । कर्णालीमा धेरै सरकारी गैर सरकारी संघसंस्थाहरुले सरसफाई सम्बन्धी कार्यक्रम नचालाएका होइनन् तर ति कार्यक्रम निर्थक जस्तै भएको अवस्था भएको थियो । तर अहिले महामारीले गर्दा कतै ति सरसफाईका कार्यक्रमले सार्थकता त पाएको होइन भन्नेहरुको पनि जमात छ ।

कोरोना भाइरस कोभिड १९ले धेरैको रोजगारी गुमेको अवस्था छ । काम गर्नेकालागि फेरी भारत पस्ने कि के गर्ने ? कोरोनाले थलिएको जीवनयापन कसरी अगाडी बढाउने भन्ने हो निर्क्यौल गर्न गाह्रो भएको स्थिति छ । अहिले प्रदेशमा संक्रमितको संख्या यसरी बढी रहेको छ जुन यहाँका नागरिकले सोच्नपनि सकि रहेका छैनन् ।

नागरिकहरुको आर्थिक अवस्था दिनप्रतिदिन खस्कदै गइरहेको छ । भैरहेको व्यापार व्यावसाय पनि दयनीय अवस्थामा छन् । धेरैले व्यापार व्यावसाय नहुँदा यतिवेला व्यापार गर्ने छोडेको पाइएको छ । कोभिडले विषेश गरेर होटल र कपडाका व्यासायलाई घरापमा पारेको पाइन्छ । यो व्यावसाय लकडाउनको वेला पूर्णरुपमा बन्द भए भने केही प्रतिशत मात्र यातायात व्यावसायीले यातायात चलाए बाँकी यातायात व्यासायीपनि धरापमा परे । अहिलेपनि यी व्यावसायहरु उठन् सकिरहेका छैनन् । कपडाका व्यावसाय नयाँ कपडा खरिद गरेर ल्याउन सकेकाछन् होटल व्यावसायीहरु ग्राहकै प्रतिक्षामा अनि यातायात व्यावसायीहरु सिट क्षमता भन्दा कम यात्रु बोक्न बाध्य ।

६ महिना सम्म थन्किएका यातायातका साधनहरु यातायात सञ्चालनमा आएसँगै खुशी त भएर तर थन्किएका साधनहरुलाई मर्मत सम्भारमा थ्रप्रै रकम खर्च भएको यातायात व्यावसायीहरु बताउने गर्छन अझ त्यस्मा बैंकले यातायात साधनको व्याजकालागि ताकेता गरेर हैरान गरेको पनि व्यावसायीहरुको गुनासो सुन्न पाइन्छ । यस्मा सरकार किन चुपचाप छ ? व्यावसायीहरुको गुनासो छ ।

यसरी सबैको अर्थतन्त्रलाई यो महामारीले उथलपुथल गराएको वेला नागरिकको अभिभावक सरकारले नै नयाँ राहत दिनुपर्ने कार्यक्रम ल्याउन जरुरी छ । सर्वप्रथम नागरिकलाई राहत दिन सरकारले कुनै कन्जुस्याई गर्न हुँदैन । तर यहाँ राजनिति लडाइको खिचातानी छ । अर्थतन्त्र सवल बनाउनुको साटो कुर्चीको खेल भैरहेको आभाष भएको छ ।

कोरोनाको महामारीले नागरिक कमाउन जान पाएकाछैन् यस्तो अवस्थामा सरकारले रोजगारी सिर्जना गर्नुपर्ने तर त्यो हुन सकिरहेको छैन् । त्यसै त कर्णाली भौगोलिक विकटताले भरिएको छ । यहाँका जनतामा भोकमरीको समस्याले अब गाँज्ने प्रस्ट देखिएको छ । प्रदेश सरकार केही काम गर्न खोज्न तर स्थानीय सरकार संगै कुनै समन्वय नहुँदा विवादको भूमरी परेको पाइन्छ । अनी शुरु गरेका आर्थिक क्रान्तिको नाम दिएका कार्यक्रमहरु विचैमा तुहिने गरेको छ ।

संधैभरि यो महामारीको त्रासमा मात्र कति दिन बाच्ने ? कर्णालीमा नागरिकलाई रोजगारी दिनकालागि तमाम सम्भावनाहरु छन् । सबैभन्दा ठूलो सम्भावना भनेको कर्णालीको जडीबुटी हो । जस्लाई सरकारले परिचालन गर्न सकिरहेको छ । प्रदेश राजधानी मै जडीबुटी संकलन केन्द्र निर्माण गर्न लागेको धेरै बर्ष भैसक्यो तर अहिले सम्म त्यो काम पुरा हुन सकेको छैन् ।

अब यो कोरोनाले ओरालो झरेको अर्थतन्त्रलाई प्रदेश सरकारले कर्णालीको धन भनेर चिनिएको जडीबुटी व्यावसायलाई प्रवर्धन गरि यूवाहरुलाई रोजगारीको सिर्जना गर्न तर्फ लाग्नुपर्ने देखिन्छ । तर यस तर्फ ध्यान सरकारको कहिले जाने हो? सबै आआफ्नो कुर्ची समाहल्न नै व्यस्त भैरहेने हो भने यो महामारीले प्रदेशलाई अझै उँधो गति तर्फ लैजाने निश्चित जस्तो देखिन्छ । त्यसैले सरकार मात्र हैन् सबैले आआफ्नो क्षेत्रबाट यो महामारीले शिथिल बनाएको अर्थतन्त्रलाई उठानउ नितान्त आवश्यक छ । त्यसैले हामी सबैजना मिलेर प्रयास गरौं असम्भव भन्ने केही छैन् ।

प्रकाशित मितिः बुधबार, अशोज २८, २०७७     8:56:11 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *