कोरोनाले निम्त्याएका कठिन परिस्थितिहरु

                                प्रवाश कुमार शाक्य

विश्व कोरोना भाइरस कोभिड १९ को महामारीले यतिवेला आक्रान्त छ । संसारका केही राष्ट्रहरु (औंलामा) गन्न सकिने मात्रमा कोरोनाको कुनै प्रभाव नपरेको समाचारहरु हामीले सुन्न पाएका छौं ।

अहिले धेरै राष्ट्रले लकडाउन खोलेको अवस्था छ तर विद्यालय सिनेमा घर भिडभाड हुने जस्ता कार्यक्रमहरु भने अझै बन्द गरेको अवस्था छ । बन्द रहेका बजार र धेरै व्यावसायहरु खुला गरिएपनि व्यापारमा मन्दी छाएको अवस्था छ ।

हाम्रो देश नेपाल संघीय संरचनामा गइसकेपछि सबै कुराले पिछडिएको प्रदेश भनेर चिनिएको कर्णाली प्रदेशमा सबै कुराहरु सुस्त भएको हामीले नियालेका छौं । हाम्रो यस प्रदेशमा खानेपानी विद्युत शिक्षा तथा आर्थिक पक्षका सबै तिर हामी सुस्त भएको पाउँछौं ।

कर्णालीको अर्को सुन्दर पाटो भनेको यस प्रदेशको पर्यटकिय क्षेत्र हो । कर्णालीको सबै भन्दा चर्चित पर्यटकिय स्थल भनेको स्वर्ग की अप्सरा भनेर चिनिएको रारा ताल हो जुन ठाँउ यतिवेला कोभिड १९ को कारण सुनसान बनेको छ । रारा मात्र हैन प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर रहेको ऐतिहासिक एवं संरक्षित वन काँक्रेविहार पनि सुनसान नै रहेको । त्यस्तै दैलेख को पञ्चकोशी क्षेत्र कालिकोटको पचाल झरना डोल्पाको शे-फोक्सुण्डो लगाएतका सबै पर्यटकिय क्षेत्र सुनसान नै छ । यी क्षेत्रहरु कर्णालीको पर्यटकिय क्षेत्रहरुमा आम्दानीको श्रोत पनि हो ।

त्यस्तै स्वास्थ्यको हिसाबले पनि कर्णाली पिछडिएको छ । भौगोलिक विकटताका कारण सामान्य औषधी उपचारकालागि पनि यस प्रदेशका जनता घण्टौं हिड्नुपर्ने अवस्था रहेको । कर्णालीका विकट जिल्लाहरु जहाँ यातायातको सहज पहुँच छैन मुगु र हुम्लाबाट प्रदेश सरकारले केही हद सम्म हेलिकप्टरको सहायताले आफ्ना नागरिकको सहयोग गरेको अवस्था छ । अझैपनि यस प्रदेशका राजधानीका नागरिकमा स्वास्थ्य चेतनाको कमी नै रहेको पाइन्छ ।

यसप्रदेश शिक्षा क्षेत्र अब केही सुधारिएको हुन्छ भन्ने आशामा यतिवेला कोभिड १९ को महमारीले खस्काइदिएको अवस्था छ । महामारीको यस समयमा देशभरका सम्पूर्ण विद्यालय बन्द गरि संगै विद्यार्थीको अध्ययनमा अन्यौलता छाएको अवस्था छ । प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा नै नियमित विद्युत सेवामा कठिनाइहरु रहेको वेला अन्य जिल्लाहरुको त झनै कुरै वेग्लै छ । प्रदेश सरकार यतिवेला प्रदेशका जिल्लाहरुमा विद्युतको राष्ट्रिय प्रशारण लाइन पुर्याउन लागि परेको अवस्था छ ।

त्यस्तै कर्णालीमा अनलाइनको पहुँचपनि कम छ । यो महामारीको वेला विद्यालयहरु बन्द छन् यस्तो अवस्थामा अहिले धेरै विद्यालयहरु अनलाइन माध्यमद्वारा अध्ययन गराइरहेको अवस्था छ । नेपालमा नै अनलाइन शिक्षा प्रभावकारी हुन गाह्रो भैरहेको स्थितिमा भने यो अनलाइन शिक्षा कर्णालीमा भने झनै कठिन देखिएको छ । हुनत अहिले कर्णालीका सबैजसो ठाँउमा मोबाइलका नेटवर्कहरु पुगीसकेको अवस्था छ तर गरिवीको रेखामुनि पिल्सिएका कर्णालीबासीलाई अनलाइन शिक्षा निकै नै कठिन विषय हो । तरपनि कर्णालीका शहरी जिल्लाहरुमा भने केही मात्रामा भएपनि अनलाइन शिक्षा भैरहेको पाइन्छ । एक त यो महामारीका वेला रोजगार छैन त्यसैमाथि अभिभावकलाई आफ्ना सन्ततिको शिक्षाकालागि खर्च जुटाउन कठिन परिस्थितिको सामना गर्नुपरिरहेको छ ।

अनलाइन शिक्षाका नाममा लुट भैरहेको हामीले सुनेकापनि छौं तर कर्णालीमा अहिले त्यस्तो केही भएको छैन केही सरकारी र निजी विद्यालयहरु बालबालिकाको भविष्यकालागि भनेर अनलाइन शिक्षा दिइरहेको पाइन्छ ।

यो अनलाइन शिक्षा महामारीको वेला त भएको छ । तर विद्यार्थीले अध्ययन गरेको छकी छैन् भनेर कुनै विद्यालयले अनुगमन गरेको पाइदैन् । अब यस्तो परिस्थितिले बालबालिकाको भविष्य अन्यौलग्रस्त भनेको छ ।

यो बर्ष आधा बर्ष सक्यो तर महामारी झन दिनप्रतिदिन बढ्दै गइरहेकोले यसबर्ष कसरी अध्ययन हुन्छ भन्ने सोच्नै गाह्रो विषय भएको छ ।

त्यस्तै महामारीले अर्को थपेको पिडा भनेको स्वास्थ्य क्षेत्र रहेको छ । विश्व स्वास्थ्य संगठनले कोरोनाबाट बच्नकालागि गर्नुपर्ने सामाजिक दुरी अनी साबुनपानीले हात धुने र स्यानिटाइजरको प्रयोग गर्नु रहेको छ । तर कर्णालीका नागरिकहरु भने सामाजिक दुरी निकै गरेको पाइन्छ । तर कर्णालीमा भने अधिकान्सले सावुनपानीको प्रयोग गरेको पाइन्छ । यहि कर्णाली हो महामारी भन्दा अगाडी स्वस्थ र सफा रहन सरकारी तथा गैरसरकारी संघसंस्था विभिन्न कार्यक्रम संचालन गरिरहेको हुन्थे ।

सरकारले यो महामारीलाई मध्यनजर गर्दै धेरै ठाउँमा कोभिड १९ को अस्पताल बनाएको अवस्था छ । यो अवस्थामा भने अन्य रोगका विरामीहरुको अवस्था भने स्वास्थ्य सेवा पाउन गम्भीर रहेको पाइएको हो । यो कोरोना भन्ने रोग नै यस्तो भएको छ कस्लाइ छ भनेर ठम्याउन कठिन छ । यस्तो अवस्थामा विरामीले छटपटिनु परिरहेको छ ।

कर्णालीका दुरदराजमा रहेका जनताहरुकालागि त स्वास्थ्य सेवा पाउन अझै गाह्रो विषय बनेको छ । कोही विरामी भयो कि शुरु मै कोरोना होकि भनेर स्वास्थ्यकर्मी समेत अगाडी जान हिच्किचाउने गर्छन् । स्वास्थ्यकर्मी नहिच्किचाउन पनि कसरी यो रोग नै अनौठो छ ।

त्यसैगरि यो महामारीमा आआफ्ना घर फर्किएका कर्णालीका नागरिक यतिवेला पुनः रोजगारीकालागि भारत पस्न बाध्य हुन थालेको पाइएको छ । यहाँ रोगले भन्दा पनि भोकले सताउन थालेको अवस्था बनेको । सरकार भन्छ हाम्रो नागरिकलाई हामी यहि गर्न सक्ने रोजगारीको सिर्जना गर्छौ तर यो त केवल भाषणमा सिमित बनेको छ । यहाँ काम गर्नले अनुदान पाउने आशाले धेरै कोसिस गरेको पाइन्छ तर अन्तमा प्राय शुन्य हात लागेको गुनासोहरु तमाम छन् ।

महामारीको अर्को चपेटामा परेको क्षेत्र यातायात पनि हो । सरकारले महामारी नफैलियोस भनेर यातायातमा सिट क्षमता भन्दा आधा यात्रु राख्न पाउने व्यवस्था गरेको छ । तर यातायात व्यासायी बाध्य छन् पुरा क्षमता यात्रु राख्नकालागि । ६ महिना सम्म थन्किएका यातायातका साधन पुनः सञ्चालन गर्न त पाएकाछन् तर ६ महिना सम्मको बैंकको ऋणाले यातायात व्यावसायीले तनाव दिएको छ । यातायात सञ्चालन त भयो तर भने जस्तो गरेर साधन चलाउन नपाएकोले व्यावसायीहरु बैंकको ऋण कसरी तिर्ने भन्ने चिन्ताले ग्रस्त छ । यस्तो अवस्थामा जनताको अभिभावक भनेको सरकारले केही राहत दिन नसकेको यातायात व्यावसायीहरुको गुनासो छ ।

अब त नागरिकहरुले पनि यो कोरोनाको त्रासलाई पन्छयाउन थालेको पाइन्छ । परिक्षण गर्यो भने हामी सबैलाई देखिन्छ भन्ने मानसिकतामा भएर नागरिकले यतिवेला लापरवाही गरेको पाइन थालेको छ । यो लापरवाहीको स्थितिले अवस्था झनै दिनप्रतिदिन भयावह भन्दै गइरहेको छ । दिनदिनै संक्रमितको संख्या उकालो लागेको छ । सरकारलाईपनि नागरिकको जीउज्यान बचाउन गाह्रो स्थिति छ । त्यसैले हामी सम्पूर्ण नागरिकहरु आआफ्नो ठाउँबाट सचेत र सजग हुनु नितान्त आवश्यक रहेको छ । तपाइ हामी सरकारको मुख मात्र ताकेर हुँदैन हामी सचेत र सजग भयौ भने पक्कैपनि यो महामारीबाट बच्न सक्छौ ।

अस्तु

प्रकाशित मितिः शनिबार, कार्तिक १, २०७७     8:40:29 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *