श्रुति कार्कीको विदाई, बिहान ७ बजेको बसबाट प्रतियोगितामा सहभागी हुन प्रस्थान


मिलन श्रेष्ठ
१५, मंसिर, सुर्खेत । भारतमा सञ्चालन हुन लागेको विश्व पावर लिफ्टिङ प्रतियोगितामा सहभागी जनाउन लागेकी सुर्खेतकी चेली श्रुति कार्की सोमबार(आज) बिहान ७ बजेको बसबाट प्रस्थान गर्नु भएको छ ।

मिडवेस्टर्न फिटनेस सेन्टर सुर्खेतका सञ्चालक प्रमोद हमालले बिहान बसपार्कमा कार्कीलाई बिदाई गर्दे भन्नु भयो, कार्कि आज बुटवलहुँदै गोरखपुरबाट राजधानी ट्रेनमा १६ गते प्रस्थान गर्नुहुनेछ भने भारत जाँदा आउँदाको सबै खर्च मिडवेस्टर्न फिटनेस सेन्टर ब्यहोर्ने छ ।

नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन लागेकी एक्ली महिला कार्कीलाई आईतबार(हिजो) नै सामाजिक विकास मन्त्री दल रावलले सफलताको शुभकामनासहित विदाई गर्नु भएको थियो ।

भारतको मुम्बईमा हुन लागेको प्रतियोगितामा नेपालबाट कार्कीसहित पाँच खेलाडी सहभागी जनाउँदै हुनुहुन्छ । कार्कीलाई विदाई गर्दै मन्त्री रावलले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर जितेर स्वदेश फर्किन शुभकामना सहित प्रतियोगितामा मेडल ल्याएपछि दुई लाख पुरस्कार मन्त्रालयले प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

प्रतियोगितामा विश्वका २० राष्ट्रका खेलाडीहरुले सहभागी जनाउनु हुनेछ भने ५५ के.जी.तौल समुहमा प्रतिष्पर्धा गर्दै हुनुहुन्छ ।