प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगिता शुरु,कर्णाली एघारको विजयी सुरुवात


०२ पुस,सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर स्थीत कालुङचोक क्रिकेट मैदानमा बिहिबार(आज) भएको खेलमा सुर्खेत एघारलाई ४ रनले हराउँदै कर्णाली एघारले विजयी सुरुवात गरेको हो।

८९ रनको समान्य लक्ष्य पाएको सुर्खेतले १५ ओभर पाँच बलमा सबै विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो। सुर्खेतकालागि राजकुमार शाहले १७ र राम कार्कीले १२ रन बनाएपनि अरुको ब्याट चल्न सकेन।

कर्णालीका विवस गिरिले तीन र दिवान पुनले दुई विकेट लिनुभयो।पहिला ब्याटिङ गरेको कर्णालीले ८ विकेट गुमाएर ८८ रन बनाएको हो।

कर्णालीका लागि विपिन रावलले २५ तथा हेमन्त ओलीले २४ रन बनाउनु भएको हो । सुर्खेतका ११ का बिक्रम मल्लले तीन र निश्चल रावलले दुई  विकेट लिनु भयो।
यी दुई टोलीबिच भोली ५० ओभरको एकदिवसिय खेल हुने आयोजक जिल्ला किक्रेट संघ सुर्खेतले जनाएको छ।

प्रारम्भिक रुपमा छनोट भएका २८ जना खेलाडीलाई दुई समुह विभाजन गरेर छनौट प्रतियोगिता शुरु गरिएको संघ का अध्यक्ष श्रीधर केसीले जानकारी दिनुभयो।
प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडी छनोट गरी प्रधानमन्त्री कप क्रिकेटकालागि प्रदेसको टिम तयार गरिनेछ ।