कोरोनाको नयाँ प्रकारको भाइरस नेपालमा पनि भित्रिएको पुष्टी

५ माघ, सुर्खेत । कोरोना भाइरसको नयाँ प्रकारको भाइरस आइरहेको खबर बाहिएको वेलामा नेपालमा पनि यसप्रकारको नयाँ भाइरस भित्रिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक प्रेस विज्ञप्ती जारी गरि जनाएको छ ।

मन्त्रालयले विज्ञप्ती मार्फत पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको जनाएको हो । पुस पहिलो साता बेलायतबाट आउनुभएका ६ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो तर जिन सिक्वेन्सिङ नभएका कारण नयाँ प्रकार भए/नभएको खुलेको थिएन ।

मन्त्रालयले विश्वा स्वास्थ्य संगठनको सहयोगमा संक्रमितहरुको नमुना परिक्षण २७ पुसमा नमुना हङकङ प्रयोगशालामा पठाइएको थियो । त्यसमध्ये ३ जनामा देखिएको भाइरस नयाँ प्रकारको भएको पुष्टि भएको छ । नयाँ प्रजातीको भाइरस २८ वर्षीया महिला, ३२ र ६७ वर्षीय पुरुषमा देखिएको हो । संक्रमित मध्य २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष नेगेटिभ भइसकेका छन् भने ६७ वर्षीय पुरुष पोजेटिभ नै रहेको बताइएको छ ।

प्रकाशित मितिः सोमवार, माघ ५, २०७७     2:49:32 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *