दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली मै संञ्चालन हुनेः उप्रमुख ढकाल


१६ माघ, सुर्खेत । सुर्खेत जिल्ला फुटबल संघका नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।

नवनिर्मित भवनको वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले एक कार्यक्रमका बीच उद्घाटन गर्नु भएको हो । जिल्ला खेलकुद विकास समितिको प्राङ्गण भित्र नै रहेको भवन निर्माण गर्न आठ लाख लागत लागेको जिल्ला फुटवल संघले जनाएको छ ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकका उपप्रमुख मोहनमाया ढकालले अहिले खेलकुदका गतिविधि संञ्चालन हुन नसकिरहेको अवस्थामा आगामी फागुणमा वीरेन्द्रनगरमा मेयर र उपमेयरकप प्रतियोगिता संञ्चालन गर्ने बताउनु भयो । उहाँले दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली मै संञ्चालन हुने भन्दै अहिले देखी नै खेलकुदका गतिविधि संञ्चालन गर्न आग्रह गर्नुभयो । उपमेयर ढकालले प्रतियोगिता संञ्चालन गर्न नगरपालिकाले सहयोग गर्न तयार रहेको समेत उल्लेख गर्नुभयो ।


कार्यक्रममा प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालले प्रतियोगिता संञ्चालनको लागी तिनै तहको सरकारको सहयोगको अपेक्षा गर्नुभयो । उहाँले खेलकुद प्रतियोगिता संञ्चालन गर्न भौतिक पुर्वाधार मुख्य समस्या रहेको भन्दै सरकारले खेलक्षेत्रमा लगाउनी बढाउनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै संघका अध्यक्ष जनकबहादुर रावलले अखिल नेपाल एन्फाले पाँच लाख र अन्य सहयोगीतादाता बाट तिन लाख संकलन गरेर भवन निर्माण सम्पन्न भएको बताउनुभयो । उहाँले आफ्नै भवन नहुदाँ सानो तिनो कार्यक्रम गर्न पनि अन्यत्र जानुपर्ने बाध्यता रहेको भन्दै अब आफ्नै भवनमा कार्यक्रमहरु संञ्चालन गरिने जिकिर गर्नुभयो ।

कार्यक्रममा जिल्ला फुटबल माहासंघ सुर्खेतका महासचिव गणेशकुमार कार्कीले भवन निर्माण संगै अव फुटबलका गतिविधिलाई पनि चलायमान गरिने बताउनुभयो । यसैबीच कार्यक्रममा सुर्खेतमा रहेका फुटबल क्लबहरुलाई खेलकुल सामाग्री पनि हस्तान्तरण गरिएको छ।