महामारीको वेला मानव जगतलाई एक बनाइ राख्ने आइटि क्षेत्रः महासचिव कँडेल


१ फागुन, सुर्खेत । कम्प्यूटर एशोसियसन नेपाल (क्यान महासंघ) सुर्खेत शाखाको आज आठौं बार्षिक साधारण सभा वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

सभामा कार्यक्रमका मुख्य अतिथी सुर्खेत उद्योग बाणिज्य संघ सुर्खेतका महासचिव लक्ष्मण कँडेलले अबको यूग पूर्णरुपमा डिजिटल प्रविधी तर्फ रुपान्तरण भैरहेको अवस्थामा हामी कर्णाली बासीहरुपनि डिजिटल प्रविधी तर्फ अग्रसर भैरहेको भन्दै सुर्खेत उद्योग बाणिज्य संघले गर्ने हरेक गतिविधीमा क्यान सुर्खेतको सहभागिता अनिवार्य रहने बताउनुभयो ।

कोरोना भाइरसले सारा संसार थिचिएको वेला मानव जगतलाई एक बनाइ राख्ने आइटि क्षेत्र नै भएको बाणिज्य संघका महासचिव कँडेलले जिकिर गर्नुभयो ।

त्यस्तै कार्यक्रमको समापन गर्दै क्यान महासंघ सुर्खेतका अध्यक्ष तिलक प्रसाद आचार्यले आफ्नो कार्यकालको शुरुवात नै कोभिड १९ को महामारीमा परेकोले क्यान इन्फोटेक २०२० स्थगित गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो “यसपटकको आइसिटी दिवसमा हामीले कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री ज्यूलाई सहभागीता गराउन सकेका थियौं हामीले कर्णाली सरकारले डिजिटल कर्णाली बनाउने योजना अनुरुप आइटीको क्षेत्रमा निकै रुची राख्ने मुख्यमन्त्री ज्यूलाई हामीले सहभागिता गराएका थियौं ।”

जिल्ला सचिव प्रवाश कुमार शाक्यले सहजीकरण गर्नुभएको सभामा उपाध्यक्ष डिवी रानाले स्वागत गर्नुभएकोथियो । त्यस्तै कोषाध्यक्ष जीवनकुमारी सिजालीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो भने क्यान कर्णाली प्रदेश अध्यक्ष प्रेमप्रकाश चन्द, संस्थापक अध्यक्ष रामकिशोर रावल र पूर्व अध्यक्ष पूर्णदेव अधिकारीले आफ्नो भनाइ राख्नुभएको थियो ।