वीरेन्द्रनगर मेयर कप: १०नं. वडाको विजयी शुरुवात


१९ फागुन, सुर्खेत । १० नम्बर वडाले बीरेन्द्रनगर मेयरकप प्रतियोगिताको उद्घाटन खेलमा बिजयी शुरुवात गरेको छ ।

स्थानिय सुर्खेत रंगशालामा भएको प्रतियोगितामा १० नम्बर वडाले ३ नम्बर वडालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
समय अभावले ६० मिनेटमा झारिएको खेल पहिलो हाप गोल रहित बराबरीमा सकिएको थियो ।

खेलको ४८ मिनेटमा वडा नम्बर १० का शुशिल राजकोटीले एक गोलगर्दै टिमलाई अग्रता दिलाउनु भयो ।

त्यसपछि १० नम्बर वडाकै लक्ष्मण शाहीले ५१ मिनेटमा एकगोल थप्दै खेललाई दुई शुन्यमा पुर्याउनु भयो ।

यस्तै खेलको ५९ औ मिनेटमा वडा नम्बर ३ का अनिल शाहले एकगोल फर्काएपनि टोलीलाई जित भने दिलाउन सक्नुभएन ।

त्यसपछि खेलको ६० औ मिनेटमा रिगल गाहामगरले गोलगर्दै वडा नम्बर १० लाई ३-१ को जित दिलाउनु भयो ।

प्रतियोगितमा उत्कृष्ट खेल प्रदर्शन गर्ने वडा नम्बर १० का विक्रम वली, म्यान अफ द म्याच घोषित हुनुभयो ।

यस्तै महिला तर्फको उपमेयर कपमा वडा नम्बर ३ ले जित हात पारेको छ ।
उद्घाटनखेलमा चार नम्बर वडालाई दुई शुन्यगोल अन्तरले पाखा लगाउदै बिजयी शुरुवात गरेको हो ।

प्रतियोगिता अन्तर्गत भोली पुरुषतर्फको मात्रै दुई खेल हुने आयोजकले जनाएको छ ।

यस्तै उत्कृष्ट प्रर्दशन गर्ने एकजना पुरुष र महिला खेलाडीलाई प्लेयर अफ द टुनामेन्ट घोषित गर्दै जनही १०/१० हजार उपलब्ध गराईने भएको छ ।

पुर्वराष्ट्रिय खेलाडी तथा एन्फाका खेलाडी छनौटकर्ता विनोद तामाङले पुरुस्कार उपलब्ध गराउने बताइएको छ ।