क्यान इन्फोटेक २०२१ बैशाख २८ देखि हुने

२ चैत २०७७, काठमाडौं । कम्यूटर एशोसिएशन नेपाल महासंघले यो वर्षको “क्यान इन्फोटेक २०२१” आगामी २०७८ साल वैशाख २८ गतेदेखि जेठ २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ ।

क्यान इन्फोटेक २०७८ बैशाख २८ देखि जेठ २ गते सम्म काठमाण्डौको भृकुटीमण्डपमा आयोजना हुने कम्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघले) जानकारी गराएको छ ।

कोरोना भाइरस कोभिड १९को महामारीका कारण यस बर्ष गतबर्षहरुमा भन्दा झण्डै ३ महिना ढिलो गरि मेला आयोजना हुन लागेको क्यानले जनाएको छ । कोभिड महामारीको जोखिम कम भई नसकेकाले मेलामा स्वास्थ्य सर्तकतामा सम्पुर्ण मापदण्डलाई पालना गरिने आयोजकले जनाएको छ ।

क्यानले यसबर्ष पेपरलेस टिकटको व्यवस्था गर्ने जनाएको छ । सर्वसाधरणका लागि १ सय र विद्यार्थीका लागि ५० रुपैया प्रवेश शुल्क तोकिएको छ । सरकारी तथा सामुदायिक शिक्षण संस्थाहरुलाई भने पत्रका आधारमा निशुल्क प्रवेश दिईने बताइएको छ ।

यसबर्ष पनि झण्डै ३ लाखले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ । नेपालमा सूचना प्रविधि र मनोरञ्जन सम्बन्धी बार्षिक रुपमा आयोजना हुदै आएको क्यान इन्फोटेकको यो २७ औ संस्करण हो ।

आइसिटीफ्रेमबाट

प्रकाशित मितिः सोमवार, चैत्र २, २०७७     7:35:38 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *