मैत्रीपूर्ण भलिबल खेलमा पत्रकारको समूह विजयी

१० चैत्र, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा भएको पत्रकार र चुली यूवा क्लबबीचको मैत्रिपुर्ण भलिबलमा पत्रकारको टोलीले जित हासिल गरेको छ ।

चुली यवा क्लबको आयोजना र खेलकुद पत्रकार मञ्चको समन्वयमा भएको खेलमा पत्रकारको टोलीले दुई शुन्यको सोझो सेटमा आयोजकलाई पराजित गरेको हो ।

प्रदेशस्तरिय भलिबल प्रतियोगिताको पूर्व सन्ध्यामा पत्रकार र आयोजक बीच मैत्रिपुर्ण खेल संञ्चालन गरिएको हो । पहिलो सेटमा २५/­१६ को अन्तरमा हराएको पत्रकारको टोलीले दोस्रो सेटमा २५­/२१ को अन्तरले पाखा लगायो । दोस्रो सेटमा शुरुवाती अग्रता लिएको चुलीले आफुलाई सम्हाल्न नस्कादा नतिजा सुम्पन पुगेको हो । ९­३ को अग्रता बनाएको चुलिले सेटर र डिफेन्डरको तालमेल मिल्न नस्कदा आफु अनुकुलको नतिजा हात पार्न सकेन ।

कर्णाली प्रदेशलाई खेलकुदमा अगाडी बढाउनका लागी नियमित खेलकुदका गतिबिधि सञ्चालन गर्नु पर्ने खेलकुद पत्रकार मञ्च सुर्खेतका अध्यक्ष भानुभक्त अधिकारील बताउनुभयो । प्रदेश सरकारले खेलकुदका गतिबिधि तिव्रगतिमा अघि बढाउनुनु पर्ने उहाँको भनाई छ ।

पत्रकार र चुली यूवा क्लबबीचको मैत्रिपुर्ण भलिबलमा पत्रकारको टोलीले जित हात पारेकोमा निकै खुसि भएको उहाँले बताउनुभयो । “प्रदेश सरकारले गम्भीर भएर खेलकुदका गतिबिधिलाई सञ्चालन गर्नु पर्नेमा पत्रकारको तर्फबाट निरन्तर दवाव दिने, खेलकुद गतिबिधिको बिकासका लागी पत्रकारले पनि सक्रिय भुमिका खेल्ने” उहाँको भनाई छ । त्यस्तै बरिष्ठ पत्रकार श्रीधर पौडेलले अबको पत्रकारीता बिधागत हुनु पर्ने खेलकुदलाई पहिलो प्राथमिकता दिनु पर्ने बताउनुभयो । प्रदेश सरकारलाई निरन्तर दवाव दिनका लागी बिधिगत पत्रकारी गरेर खेलकुदको बिकास गरिनु पर्ने उहाँको भनाई छ । पत्रकारीतको क्षेत्रबाट खेलकुदको लागी कलम चलाएता पनि सरकारलाई दवाव दिने गरि समाचार सम्प्रेषण गरिनु अहिलेको आवश्यकता रहेको उहाँले भन्नुभयो ।

चुली कप २०७७ का आयोजक सदस्य अमर चन्दले ११ गतेबाट हुने खेलको पुर्णरुपमा तयारी भएको बताउनुभयो । सहभागी हुने टीमहरुलाई पत्र पठाई सकेको र अहिले सम्म ७ वटा टीम सम्पर्कमा आएको उहाँले जानकारी दिनुभयो । ११ गतेबाट सञ्चालन गरिने भलिबल खेलको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्ने उहाँले बताउनुभयो ।

खेल संञ्चालनको लागी सुर्खेत संञ्चार सेन्टरका हर्षविक्रम खड्का र होटल अशोकाका चिन्तामणी शर्माले आर्थिक सहयोग गर्नुभएको हो ।
यसैबीच भोलीदेखी कर्णालीकै सर्वाधिक पुरस्कार राशीको प्रदेशस्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रतियोगीताको भोली विहान ११ बजे उद्घाटन हुने आयोजकले बताएको छ । प्रतियोगिताको विजेताले २ लाख तथा उपबिजेताले १ लाख ५० हजार पाउने आयोजकले जनाएको छ । यस्तै तेस्रोले १ लाख र चौथो हुने टोलीले ५० हजार रुपैयाँ र प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १५ रुपैयाँ पाउने बताइएको छ ।

प्रकाशित मितिः मङ्लबार, चैत्र १०, २०७७     7:11:21 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *