८ चैत्र, सुर्खेत । जिल्ला लिग अन्तर्गतको नकआउट चरणका खेलहरु यही चैत २१ गतेदेखि सुर्खेतको बीरेन्द्रनगरमा हुने भएका छन ।
प्रतियोगितामा सहभागी हुने टोलीले यही चैत १४ गते सम्म टिम दर्ता गरिसक्नुपर्ने जिल्ला फुटबल संघ सुर्खेतले जनाएको छ। प्रतियोगितामा सहभागीको दर्ता ५ हजार एकसय रुपैया टिमदर्ता निर्धारण गरिएको जनाइएको छ ।
प्रतियोगितामा सहभागीहरुले टोलीको अनिवार्य स्थायी लेखा नम्बर प्यान र जीवन विमा गरेकालाई मात्र अनुबन्ध गरिने संघका महासचिव गणेशकुमार कार्कीले जानकारी दिनुभयो । नकआउट चरणको अन्तिम ६ मा पुगेका टोलीलाई जिल्ला लिगको लागी छनोट गरिने संघले बताएको छ । यस्तै दोस्रो चरणको लिगमा यो वर्ष छनोट भएका र गत बर्ष जिल्ला लिगमा अंक तालिकामा शिर्षस्थानमा रहेका ६ टोलीसंग प्रतिस्पर्धा गराइन्छ छ ।
यसै बीच फागुनमा सम्म भएको मेयरकप प्रतियोगिताको फाइनलमा खेलको नियम, मर्यादा र खेलाडीको अनुसान विपरित काम गरेको भन्दै वडा नम्बर चारका गोलकिपर मानसिहं गुरुङलाई कारवाही गरिएको छ । अनुशासन समितिको सिफारीको आधारमा गुरुङलाई संघको वर्तमान कार्य समितिको कार्यकाल अवधिभर हुने फुटबलको कुनैपनि गतिविधिमा संगलग्नता नहुने गरि प्रतिवन्ध लगाइएको छ ।
Prawash Kumar Shakya । ८ चैत्र २०७७, आईतवार २१:४४ बजे