भलिबल प्रतियोगिताको उपाधिकोलागि आयोजक र रुकुमपश्चिम वीच प्रतिष्पर्धा हुने


१३ चैत्र, सुर्खेत । प्रदेशस्तरिय भलिबल प्रतियोगिताको उपाधिकोलागि भोली आयोजक चुलि यूवा क्लब र रुकुम पश्चिम बीच प्रतिस्पर्धा हुने भएको छ ।

जिल्ला खेलकुद विकास समिति अगाडीको मैदानमा हुने प्रतियोगितामा यी दुबैटोली पहिलो पटक भिड्दैछन् ।

सेमिफाइनमा चुलिले सल्यानलाई र रुकुमपश्चिमले हाम्रो कम्प्यूटर ईन्टिच्यूटलाई हराउदै उपाधि भेट पक्का गरेको हो । घरेलु टोली चुलिले सल्यानलाई तिन शुन्यको सोझो सेट पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

अपराजित यात्रा कायम राख्दै उच्च मनोवलका साथ फाईनलमा पुगेको चुलि पाहुना टोली हराउदै उपाधि रक्षा गर्ने दाउमा छ । यस्तै रुकुमपश्चिम भने चुलिलाई उस्कै मैदानमा हराएर उपाधी आफ्नो पोल्टामा पार्ने योजानाको साथ मैदान उत्रिने रणनितिमा रहेको छ ।


समुह चरणको पहिलो खेलमा सिम्तासंग पराजित भएको रुकुमपश्चिले सेमिफाईनलमा भने उत्तरपश्चिम पृतनाको आर्मीलाई हराएको हो । 

यसैबीच भोली नै तेस्रो र सान्त्वना  स्थानको लागी हाम्रो कम्प्युटर इन्स्टिच्युट र सल्यानको बनगाड कुपिन्डे प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिताको बिजेता दुईलाख हात पार्दा उपविजेताले एकलाख पचाँस हजारमा चित बुझाँउने छन् ।