देउती अस्पतालमा मेरुदण्डको सुपरस्पेलिष्ट सेवा शुरु

२४ चैत्र, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा विगत १७ बर्ष देखि स्वास्थ्य सेवा पुर्याउँदै आएको देउती अस्पताल प्रा.लि.ले  मेरुदण्डका विरामीहरुकालागि विषशेज्ञ सेवा शुरु गरेको छ ।

ग्राण्डी अस्पताल काठमाण्डौंमा कार्यरत अर्थो तथा स्पाइन सर्जन डाक्टर रामकृष्ण दाहालद्वारा मेरुदण्डको सुपरस्पेलिष्ट सेवा शुरु गरेको देउती अस्पतालका डा. लोकेन्द्र  थापाले जानकारी दिनुभयो ।

प्रत्येक महिनाको पहिलो शनिवार विहान १० बजे देखि दिउँसो ४ बजे सम्म मेरुदण्डको सुपरस्पेलिष्ट सेवा सञ्चालन गरिने अस्पतालले जनाएको छ ।

 

प्रकाशित मितिः मङ्लबार, चैत्र २४, २०७७     2:39:02 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *