पत्रकार महासंघ कार्णालीको अध्यक्षमा देवकोटा विजयी


२६ चैत्र, सुर्खेत । नेपाल पत्रकार महासंघको कर्णाली प्रदेश अध्यक्षमा देवीराम देवकोटा विजयी  हुनुभएको छ । देवकोटाले निकटम प्रतिद्वन्दी विष्णु शर्मालाई १०८ मतले पराजित गर्नुभएको हो ।

त्यस्तै, खुल्ला उपाध्यक्षमा दैलेखबाट चक्रबहादुर खत्री, महिला उपाध्यक्षमा सुर्खेतबाट बिमला खड्का, महासचिवमा कालिकोटबाट खगेन्द्रप्रसाद भट्टराई, सचिवमा सुर्खेतबाट दीपक बुढा, समावेशी सचिवमा सुर्खेतबाट अशोक राजी र कोषाध्यक्षमा सुर्खेतबाटै गणेशकन्चन भारती विजयी हुनुभएको छ ।

सदस्यहरुमा महिला सदस्यमा चिना बिक र सुरिता बस्नेत, खुल्ला सदस्यमा जीवन शाही, सुवर्ण शाही, दीपकुमार जैसी, नन्दराम जोशी सरोज वली, जीतप्रसाद आचार्य, सुरेन्द्रबहादुर सिंह, हरिबहादुर सिंह विजयी हुनुभएको छ ।

यस्तै महासंघ सुर्खेत शाखामा उपाध्यक्षमा सुदिप पुरी विजयी हुनुभएको छ भने सदस्यहरुमा पुनम विसी, विवश सेजुवाल, यज्ञ खत्री, टेकराज केसी, विनोद लम्साल, पूर्ण बहादुर खड्का, यूवराज पंगाली र सुशिल खड्का विजयी हुनुभएको छ ।

त्यस्तै सुर्खेत शाखाको अध्यक्षमा ललित बसेल, उपाध्यक्ष (महिला) सविता जिसी, सचिब ललित बुढा, सहसचिव टेकेन्द्र वि.क. र इश्वर अधिकारी तथा कोषाध्यक्ष ललित गाहा निर्विरोध निर्वाचित भैसक्नुभएको छ ।