देशभर ६०८० जना डिस्चार्ज हुँदा ११६ को मृत्यु


१५ जेठ, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को दोश्रो भेरियन्टको संक्रमण पछिल्लो चौविस घण्टामा ४ हजार ४८७ जनामा पुष्टि भएको छ । यसै अवधीमा थप ६ हजार ८० जना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । त्यसैगरी आज थप ११६ जना संक्रमितले ज्यान गुमाएका छन् ।

यस्तै कर्णाली प्रदेशमा पछिल्लो चौविस घण्टामा पिसिआर चेकजाँचबाट १ सय २९ र एन्टिजेन चेकजाँचबाट १ सय ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ । त्यस्तै पछिल्लो चौविस घण्टामा संक्रमण बाट १० जनाको ज्यान गएको छ भने ३ सय ८२ जना डिस्चार्ज भएको निर्देशनालयले जनाएको छ ।