लायन्स क्लब गढीद्वारा खाद्यान्न सहयोग


१७ जेठ, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को दोश्रो भेरियन्टको संक्रमण तिब्रगतिमा फैलिए संग प्रदेश आयुर्वेद औषधालय कर्णाली प्रदेशले सञ्चालन गरेको कोभिड आइसोलेसनलाई लायन्स क्लब अफ गढीले खाद्यान्न सहयोग गरेको छ ।

 

क्लबका अध्यक्ष लक्ष्मण कँडेलले अमेरिकाको कनेक्टिक राज्य नेपाली वेष्टर्ट हार्डफोर्ड लुम्विनी लाइन्स क्लब र हार्डफोर्ड काउन्ट्री एभरेष्ट कनेटिनियल लाइन्स क्लब अध्यक्ष माधव आत्रेय, नरेन्द्र पन्त चार्टड प्रिसिडेन्ट कृष्ण कँडेलको सहयोगमा खाद्यान्न सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो “साथै हामीले औषधालय र प्रदेश अस्पतालमा शुद्ध खानेपानीको आवश्यक्ता देखेर खानेपानी पनि सहयोग गरेका छौ । जस्को व्यवस्थापन कर्णाली स्वयम् सेवक दलले गरेको छ ।”

कार्यक्रममा औषधालयका अध्यक्ष विनोद ढकालले कर्णाली प्रदेश आयुर्वेद औषधालयले सञ्चालन गरेको कोभिड आइसोलेसन नेपाल मै नमुना भएको बताउनुभयो ।

कार्यक्रममा औषधालयका डा. शंकर प्रसाद रिजाल तथा लायन्स क्लबका टिकाराम चपाइ धनबहादुर रावत विनु सि भास्कर हवीव शाह लगाएतको उपस्थिति रहेको थियो ।

स्मरण रहोस औषधालयमा विवेकशिल साझा पार्टीले नियमित अमृत भोजन खुवाइरहेको छ ।