नवनियूक्त मन्त्रीलाई स्वयम् सेवकदलले बुझायो ज्ञापन पत्र


२४ जेठ, सुर्खेत । प्रस्तावित कर्णाली स्वयम् सेवक दलले आज कर्णाली प्रदेश सरकारका नवनियुक्त सामाजिक विकास मन्त्री यज्ञबहादुर विसीलाई राउटे महिलालाई गरिएको दुर्व्यवहार प्रति ज्ञापन पत्र बुझाएको छ ।

आज विहान एकाएक राउटे महिला माथि गरिएको यौन हिँसाको भिडियो बाहिरिए सँगै दोषीलाई कडा कारवाही गर्नुपर्ने माग चौतर्फी बढे संगै दलले ज्ञापन पत्र बुझाएको हो ।

दलले राउटे महिलामा गरिएको यौन हिँसामा जो सुकै भएपनि कानुन अनुसार हदै सम्मको कारवाहीको माग गरिएको छ । त्यस्तै एक प्रेस विज्ञप्ती जारी गर्दै दोषीलाई कडा कारवाहीको माग गर्दै नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतले पनि माग गरेको छ ।