राउटे जातिलाई खाद्यान्न सहयोग गर्न मुख्यमन्त्रीको निर्देशन


२८ जेठ, सुर्खेत । कर्णालीको दैलेख, सुर्खेत तथा जाजरकोट लगाएका जिल्लामा फिरन्ते जीवनयापन गर्दै आएका राउटे जातिले आज कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेट गरेकाछन् ।

भेटमा लोपोन्मुख राउटे समूदायले आफ्नो समुदायमा दैनिक उपभोग्य सामाग्रीहरुको अभाव भएकोले सहयोग गर्न आग्रह छन् । आग्रहपछि मुख्यमन्त्री शाहीले राउटे समूदायलाई खाद्यान्न लगाएत दैनिक उपभोग्य सामाग्रीको प्रवन्ध गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

भेट कार्यक्रममा सामाजिक विकास मन्त्री यज्ञबहादुर बि.सी.को पनि सहभागिता रहेकाे थियाे ।