लागुऔषध र सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न दलको माग


१२ असार, सुर्खेत । अन्तराष्ट्रिय लागूपदार्थ तथा अबैध तस्करी विरुद्ध दिवसको अवसरमा आज कर्णाली स्वयम् सेवक दलले एक प्रेस विज्ञप्ती जारी गरेको छ ।

दलको विज्ञप्तीमा लागूऔसध दुर्ब्यसनी हाम्रो समाजको ठूलो समस्या हो, यस्ले समाजमा जरा गाडेर बसेको छ भनेर समुदायले त स्विकार गरेको छ भोगेको अवस्थामा पनि सरकारले अहिले सम्म हेर्दा भाषणमा बाहेक ब्यबहारमा त्यति चासो दिएको नदेखिएको जनाएको छ ।

एक्लो प्रहरीको प्रयासमा मात्र संभव छैन, समुदाय र स्थानिय तहको भुमिका महत्वपूर्ण हुन्छ भन्ने बारेमा । नफसेकालाई फस्न बाट जोगाउनु पर्छ, दुर्ब्यसनीमा फसिसकेका लाई पुनर्स्थापित गर्न, फेरि समाजिक धारमा ल्याउन ठूलो मेहेनत गर्नु पर्दछ । लागूऔषध र सुर्तीजन्य पदार्थ बिरुद्ध ठोस नीति बनाएर कार्यान्वयन गर्न हामी कर्णाली स्वयमसेवक दल वीरेन्द्रनगर नगरपालिका र कर्णाली प्रदेश सरकार संग जोडदार माग गर्दछ । भनेर विज्ञप्तीमा उल्लेख गरिएको छ ।