देउती अस्पतालद्वारा साझा घरमा निशुल्क स्वास्थ्य परिक्षण र औषधी वितरण (भिडियोसहित)


२१ असार, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित साझा घर नेपालमा देउती अस्पताल प्रालि सुर्खेतका प्रवन्धक डा. लोकेन्द्र थापा र डा. शुभ श्रेष्ठले निःशुल्क स्वास्थ्य परिक्षण गर्नुभएको छ ।

कार्यक्रममा देउती अस्पतालका प्रवन्धक थापाले देउती अस्पतालले व्यावसाय मात्र नभएर सामाजिक उत्तरदायित्वमा समेत काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो “मानवीय सेवा सबैभन्दा ठूलो धर्म भएकोले अस्पतालले असहायहरुको सेवा पनि गरेको छ जस अन्तरगत आज हामीले साझा घरमा निशुल्क स्वास्थ्य परिक्षण र औषधी पनि वितरण गरेका छौं ।”

त्यस्तै हार्डजोर्नी तथा नशा रोग विषशेज्ञ डा. शुभ श्रेष्ठले असहाय दिनदुखीहरुको सेवा गर्दा आन्दित महशुस भएको बताउनुभयो ।

साझा घरमा हाल ३९ जना पुरुष र २६ जना महिलाहरु आश्रित रहनुभएको साझा घरका टोपेन्द्र विश्वकर्माले जानकारी दिनुभयो । वीरेन्द्रनगर ९ लाटीकोइलीमा सञ्चालित घर अहिले वीरेन्द्रनगर ४ भैरवस्थानमा सञ्चालनमा रहेको छ ।