बृद्धबृद्धाको निशुल्क स्वास्थ्य परिक्षण


२६ असार, सुर्खेत । सामाजिक उत्तरदायित्वय अन्तरगत रही देउती अस्पताल प्रा.लि.ले आज वीरेन्द्रनगरमा रहेको प्रशान्ति बृद्धा आश्रममा स्वास्थ्य परिक्षण गरेको छ ।

अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत आश्रममा  रहेका बृद्धबृद्धाहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको अस्पतालका एमडी डा.लोकेन्द्र थापाले बताउनुभयो ।

परिक्षण कार्यक्रममा हाडजोर्नी तथा नशा रोग विषशेज्ञ डा. शुभ श्रेष्ठले पनि स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।