प्राध्यापक संगठनद्वारा विश्वविद्यालयमा तालाबन्दी


३१ असार, सुर्खेत । नेपाल राष्ट्रिय प्रध्यापक संगठन मध्‍यपश्चिमाञ्चल विश्‍वविद्यालय समितिले आज विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ ।

संगठनले विभिन्‍न १५ बुँदे मागपत्रको आधारमा वार्ता समिति गठन गरेर वार्ताकालागि डिनको कार्यालयमा बोलाएको तर वार्तामा विश्‍वविद्यालयका तर्फबाट कोही उपस्थित नभइ बेवास्ता गरेको भन्‍दै संगठनले तालाबन्दी गरेको हो ।

संगठनले ३ सदस्‍यीय वार्तासमिति गठन गरी वार्ता स्थल केन्द्रीय कार्यालयको व्‍यवस्थापन संकायको डिन कार्यालयमा तोकिएको समयमा उपस्थित हुँदा उक्त समयमा विश्‍वविद्यालयका तर्फबाट गठित वार्ता समितिका कोही पनि उपस्थित नभएकोले हाम्रो संगठनलाई मान हानी, नजरअन्दाज, अपहेलना गर्दै उपेक्षित गरेको हुँदा सो बदनियतपूर्ण कुकृत्यकाविरुद्ध बाध्‍य भएर तालाबन्दी गरिएको जानकारी गराउँदछौं ।’ भनी विज्ञप्तिमा उल्लेख गरेको छ ।