होण्डाको “ग्राजिया” स्कूटर सार्वजनिक (भिडियोसहित)


४ श्रावण, सुर्खेत । आजदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर लगाएत देशभर होण्डा कम्पनीको स्कूटर ग्राजिया वीएस सिक्स सार्वजनिक गरिएको छ ।

होण्डा मोटरसाइकल कम्पनीको सुर्खेतकालागि अधिकृत विक्रेता न्यू बुलबुले अटो सेल्सले सुर्खेतमा पनि स्कुटरका पारखीहरुका लागि नयाँ ग्राजिया बीएस सिक्स मोडलको स्कुटर सार्वजनिक गरेको हो ।

सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हर्ष बिक्रम खड्काले स्कुटर सार्वजनिक गर्दै बिश्वको नम्बर एक ब्रान्ड जसको नाम नै काफी भएको होण्डा ब्राण्डले नयाँ मोडलको स्कुटर सार्वजनिक गरेर कर्णालीका ग्राहकहरुको थप मन जित्ने विश्वास व्यक्त गर्नुभयो ।

विगत १३ वर्षदेखि होण्डा ब्राण्डको मोटरसाइकल तथा स्कुटर बिक्रीवितरण गर्दै आएको न्युबुलबुले अटो सेल्सले झण्डै सात हजार सेवाग्राहीलाई सेवा दिएको जानकारी दिँदै न्युबुलबुले अटो सेल्सका मेनेजर पारस सापकोटाले नयाँ मोडलको स्कुटरले ग्राहकको मन जित्ने विश्वास व्यक्त गर्नुभयो ।

आकर्षक र स्टाईलिस लुक रहेको यस १२५ सिसि नयाँ बीएस सिक्स मोडलमा व्यवहारिक फिचरहरु थप गरि र्पूर्णरुपमा रि–डिफाइन गरिएको छ । १५५ एमएम देखि १७१ एमएम एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर उपलब्ध रहेको संस्थाका सिनियर सेल्स अफिसर अन्जु भण्डारीले जानकारी दिनुभयो ।

यस फिचर अन्तर्गत ग्राहकहरुले स्कुटरले दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टू एमप्टि जस्ता जानकारी प्राप्त गर्न सक्छन् । होण्डाको पीजीएम एफआई (प्रोग्राम फ्युल इन्जेसन टेक्नोलोजी) प्रयोग भएका कारण यो स्कुटरमा बढी माइलेज र पावर रहेको हाेण्डा सुर्खेतका संचालक भद्र भण्डारी जानकारी दिनुभयो ।

ग्राजियाको यस नयाँ बीएस सिक्स डिलक्स मोडलमा जाम भएको समयमा इन्धनको बचत गर्नका लागि आइडिलिङ्ग स्टप रहेको छ भने नयाँ बीएस सिक्स एसटिडी मोडलमा इन्जिन स्टार्ट÷स्टप स्वीच रहेको छ । यसका साथै यस स्कुटरमा साइड स्ट्या ड इन्जिन अफ फिचर एसीजी सहितको साइलेन्ट स्टार्ट, इएसपी टेक्नोलोजीको साथ एचइटी इन्जिन जस्ता अन्य विभिन्न उपयोगी विशेषताहरु रहेको छ ।

नेपाली बजारमा ग्राजिया बीएसभी सिक्स डिएसस मोडलको मूल्य २ लाख ६९ हजार ९ सय र ग्राजिया बीएसभी सिक्स मोडलको मूल्य २ लाख ८९ हजार ९ सय रहेको छ । उक्त कार्यक्रम न्युबुलबुले अटो सेल्सका संचालक राम भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियोे ।