९ महिने बालिका बचाउ अभियानमा सहयोगको आग्रह

 

५ श्रावण, काठमाडौं । तुर्माखाँद गाउँपालिका ५ थोलु, अछामकी एक ९ महिनाकी बालिका बचाउ अभियानमा सहयोग गर्न बालिकाका बुवा हिरेन्द्रबहादुर शाहीले आग्रह गर्नुभएको छ ।

कर्णाली स्वयम् सेवकदलका सदस्य भरत बहादुर शाहीको पहलमा बालिका बचाउ अभियान अन्तरगत स्वदेश र विदेशबाट सहयोग प्राप्त भएको छ । अभियानमा अहिले सम्म १ लाख २६ हजार १ सय ६६ रुपैया सहयोग रकम प्राप्त भएको शाहीले बताउनुभयो । उहाँ भन्नुहुन्छ “हामीले सुर्खेतका बालरोग विषशेज्ञ डा. नवराज के.सी.को सल्लाहमा काठ्माण्डौमा उपचारकालागि ल्याएकाछौ तर काठमाडौंमा उपचार गर्दा रकम अभावभएपछि फेसबुक मार्फत सहयोग अभियान चलाउदाँ डा. केसीले सबै भन्दा बढी रु ५० हजार रकम सहयोग गरेर बालिकाको परिवारमा ठूलो गुन लगाउनुभएको छ ।”

बालिकालाई कलेजोमा क्यान्सर भएको र अहिले हिमाटोलोजी तथा पेडियाट्रिक अन्कोलिजी यूनिटका डा. सुस्मा गुरुङ्गले हेरिरहनुभएको शाहीले जानकारी दिनुभयो । सहयोगीमनहरुले भरतबहादुर शाहीको नाममा NIC ASIA BANK सुर्खेतको खाता नं. 3512203529524001
वा इसेवा नम्बर ९८६९४५२४९९ मा सहयोग गर्न सकिने शाहीले बताउनुभयो ।
प्रकाशित मितिः मङ्लबार, साउन ५, २०७८     8:42:53 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *