लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा सापकोटा चयन


१ भदौ, सुर्खेत । प्रजातान्त्रिक कानुन व्यवसायीहरुको संगठन डेमाक्रेटेभि लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा अधिवक्ता दुर्गाप्रसाद सापकोटा चयन हुन भएको छ ।
मंगल वीरेन्द्रनगरमा सम्पन्न साधार सभाले सात सदस्यीय कार्य समितिको चयन गर्दै गरेको छ ।

अधिवक्ता दुर्गाप्रसाद सापकोटाको अध्यक्षतामा गठित एसोसीएसनको उपाध्यक्षमा अधिवक्ता भानुभक्त गौतम, सचिवमा अधिवक्ता नारायण प्रसाद कंडेल र कोषाध्यक्षमा अधिवक्ता उत्तम प्रसाद आचार्य चयन हुनु भएको छ भने सदस्यहरुमा अधिवक्ता गणेश भक्त केसी, अधिवक्ता लोक बहादुर ढकाल र अधिवक्ता खेमराज तिवारी रहनु भएको छ।

आज सम्पन्न साधारणसभाले केन्द्रीय प्रतिनिधित्वका लागि अधिवक्ता ध्रवकुमार श्रेष्ठ, अधिवक्ता विवस कुमार बस्नेत, अधिवक्ता डा. अर्जुन ऐडीलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

संस्थाका अध्यक्ष अधिवक्ता दुर्गा प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न साधारण सभामा अधिवक्ता ध्रवकुमार श्रेष्ठ, अधिवक्ता डा. अर्जुन ऐडी, अधिवक्ता गणेश कार्की, अधिवक्ता नारायण कोइराला, अधिवक्ता नरेश ढकाल, अधिवक्ता श्रीधर पौड्याल, अधिवक्ता हिमालयजंग शाही लगाएतले अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो।