वीरेन्द्रनगरको लाटीकोइलीमा बुढी गाईजात्रा निकालियो (भिडियो सहित)


६ भदौ , सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर-९ लाटीकोइलीमा सदियौ देखि मनाउदै आईरहेको कला संस्कृति जोगाइ राख्नकालागि अगाडी मानिदै आएको छ । गँठे मंगलको दिन देखि शुरुहुने विभिन्न जात्राहरु लाटीकोइलीमा मनाइने गरिन्छ ।

विगतमा सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्रनगरको धेरै ठाउँबाट जात्राहरु निकाल्न गरिन्थ्यो तर पछिल्लो समय,समय परिवर्तन संग जात्रा निकाल्ने प्रचलन लोप हुँदै गएता पनि लाटीकोइलीमा मात्रै नियमित जात्राहरु निकाल्ने गरिएको छ ।

यसबर्षको गँठेमंगल देखि विभिन्न जात्राहरु निकाल्ने शुरु भएको छ । सोहि अनुसार आज (आईतबार) बुढी गाई (टाकटुके) गाइजात्रा निकालिएको हो ।


विषेशत नेवार समुदायमा आफन्तहरुको मृत्युको सम्झनामा जात्राहरु निकालिने गरिन्छ । गत बर्ष देखि कोरोनाका प्रभावका कारण जात्रा निकाल्ने कार्य बन्द भएको थियो भने । यस बर्ष पनि कोरोनाकै कारण बिशेष सावधानी अपनाएर स्थानीय सत्यनारायण मन्दिरबाट बुढीगाई निकाल्ने कार्य सम्पन्न भएको छ ।

आईतबार आज मृतकका आफन्तहरु सिमित समय भित्र सत्यनारायण मन्दिरमा नै आएर पुजा गरेको वडा अध्यक्ष सुरेश मानन्धरले बताउनु भयो । मानन्धरका अनुसार कोरोनाले धेरै ठुलो चुनौती थपिदिएको छ । एकातिर सदियौ देखि मनाउदै आईरहेको जात्राहरु नै ओझलेलमा पर्ने डर रहेको छ भने, अर्काेतिर जात्राकै कारण कोरोनाले सिंगो समाज नै संक्रमित होला भन्ने डर, त्यसैले हामी बाच्यौ भने जात्रा अर्काे साल मनाउला भनेर नै समित क्षेत्रभित्र, समिति अवधिमा आजको जात्रा सम्पन्न गरेका बताउनुभयो ।