सल्यानमा औषधियुक्त पानी निकाल्ने मेसिन जडान, शुन्य लगानिमा उपभोक्ताले पानी प्रयोग गर्दै

२० भाद्र, सल्यान । सल्यानका पाँच ठाउँमा शुद्ध र औषधियुक्त पानी निकाल्ने काङ्गेन मेसिन जडान गरिएको छ ।

यो मेसिनले छरितो र सहज रुपमा ७ प्रकारको फरक फरक विशेषता र गुण भएको पानि निकाल्ने दाबी गरिएको छ । जिल्लाको दार्मा गाउँपालिकामा दुई वटा, कपुरकोट, त्रिवेणी र शारदा नगरपालिकामा एक/एक वटा काङ्गेन मेसिन जडान गरिएको परिवर्तन सप्लायर्सले जनाएको छ ।

कपुरकोट गाउँपालिकाको वडा नम्बर १ दहवनमा जडान गरिएको काङ्गेन मेसिनको शनिबार गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष भिम बहादुर सेनले उद्घाटन गर्नुभएको थियो । कपुरकोट गाउँपालिकाका समेत अध्यक्ष रहेका सेनले पानि पिउन योग्य भएन भने धेरै किसिमका रोगहरु लाग्ने भएकाले शुद्ध पानीको प्रयोगमा जोड दिनुभयो । गाउँपालिकाले विभिन्न मुहानको पानिको परिक्षण तथा शुद्धता जाँच कार्यक्रम गरेको जनाउदै यस वर्ष पनि खानेपानी तथा सरसफाई योजना अघि सारिएको जानकारी गराउनुभयो । यसका लागि पाँच लाख रुपैयाँ विनियोजन गरिएको कपुरकोट गाउँपालिकाले जनाएको छ ।

कपुरकोट १ मा साधारण पानिलाई पनि छानेर शुद्ध र स्वछ बनाउने मेसिन जडान भएपछी यहाँका ६० घरधेरीले यसको उपभोग गर्न पाउने भएका छन् । शुन्य लगानिमा ६० घरधेरीले काङ्गेन मेसिनले प्रशोधन गरेको पानी प्रयोग गर्न पाउने भएको परिवर्तन सप्लायर्सका निमित्त प्रवन्धक निराजन विकले बताउनुभयो । एउटा मेसिनको मुल्य पाँच लाख १० हजार रहेको छ भने जडान गर्दा करिव २२ हजार रुपैयाँ खर्च भएको छ । यो खर्च परिवर्तन सप्लायर्स र डिजिटल टेक्नोलोजि नेपालले ब्यहोरेको विकले जानकारी दिनुभयो । जापानिज टेक्नोलोजिबाट निर्मित यो मेसिनले साधारण पानीलाई शुद्ध र स्वास्थ बनाउनका साथै पिउन योग्य बनाउने उहाँले दाबी गर्नुभयो ।

मेसिनबाट प्रशोधित पानी वितरण र आवश्यक समन्वय तथा सहजिकरणका लागि एक जना सहजकर्ता पनि नियुक्त गरिएको परिवर्तन सप्लायर्सका रोशन केसीले जानकारी दिनुभयो । मेसिन उद्घाटन कार्यक्रममा उहाँले काङ्गेन मेसिनबाट प्रशोधित पानीले विभिन्न सर्ने तथा नसर्ने रोगहरु ब्लड प्रेसर, वाथ रोग, ग्याष्ट्रीक, अलसर, क्यन्सर जस्तो रोग निको बनाउन समेत मद्दत गर्ने दाबी गरिएको थियो ।

सल्यानमा तत्काल थप आठ वटा मेसिन जडान गर्न लागिएको पनि केसीले बताउनुभयो । पाँच वर्षको वारेन्टी रहेको यो मेसिन १५ देखी २० वर्ष सम्म प्रयोग गर्न सकिने उहाँले बताउनुभयो । मेसिनमा प्लाटिनियम कोडेड र टाइटानियम प्लेट जस्ता महंगा प्लेटहरु र चुम्बकिय शक्ति जडन गरिएको हुन्छ । प्लाटिनियम कोडेड र टाइटानियम प्लेट सुन भन्दा पनि दुई गुणा महंगो धातु भएको बताइन्छ ।

प्रकाशित मितिः आइतवार, भदौ २०, २०७८     5:58:47 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *