सुर्खेतकोलागि रियलमी मोबाइलको अधिकृत विक्रेतामा पुनः ज्वाला कम्प्यूटर सप्लायर्स


२० भाद्र, सुर्खेत । चर्चित मोबाइल रियल मी ब्राण्डको सुर्खेत लगाएत कर्णाली प्रदेशको विभिन्न जिल्लाहरुकालागि ज्वाला कम्प्यूटर सप्लायर्सले अधिकृत विक्रेताको जिम्मेवारी पाएको छ ।

ज्वाला कम्प्यूटर सप्लायर्सले कर्णालीको विषेश गरेर सुर्खेत दैलेख कालिकोट जुम्ला मुगु र जाजरकोटमा रियल मी मोबाइल विक्री वितरण गर्ने जनाइएको छ । आज एक कार्यक्रम गर्दै रियलमी मोबाइल प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर लन्च गरिएको छ ।

कार्यक्रममा अहिले रियलमी मोबाइलका ४ वटा मोडल बजारमा ल्याइएको छ जस्मा C11 (२०२१), C20 , C21 र Realme 8 रहेको छ । C11 र C20 मा २ जिबि र्र्याम र ३२ जिबि रोम रहेको छ जसको बजार मुल्य १२ हजार ४ सय ९९ र १२ हजार ८ सय ४९ छ । त्यस्तै C21 मा ४ जिबि र्र्याम र ६४ जिबि रोममा रहेकोछ जसको बजार मुल्य १६ हजार ९ सय ९९ रहेको छ । रियलमी ८ मा ६ जिबि र्र्याम र १२८ जिबि रोम मा उपलब्ध छ जसको बजार मूल्य २८ हजार ७ सय ९९ रहेको छ ।


रियलमी मोबाइललाई हाल जगदम्बा मोबाइल्सले नेपाली बजार मा पुनः बजारीकरण थालेको हो । नेपाली ग्राहकहरुको क्रयशक्ति अनुरुपका मोबाइल रहेकोले छोटो समयमा नै रियलमीले बजारमा आफ्नो प्रभुत्व जमाउन सफल भएको सप्लायर्यका प्रोप्राइटर सुदिप कुमार केसीले बताउनुभयो ।