कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रीद्वारा सचिवसंग कार्य सम्पादन सम्झौता

२१ भाद्र, सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले सचिवसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।

मन्त्री बुढाक्षेत्रीले चालु आर्थिक वर्षमा विनियोजित बजेट शतप्रतिशत कार्यान्वयन गर्ने गरी सचिवलाई काम गर्न निर्देशन दिँदैे कार्यसम्पादन सम्झौता गर्नुभएको हो । आज (सोमबार) मन्त्री बुढाक्षेत्रीले कार्यसम्पादन सम्झौतापछि मन्त्रालयका सचिव कृष्ण प्रसाद काप्रीलाई फाइल हस्तान्त्रण गर्नुभयो । सम्झौता अनुसार मन्त्रालय मातहतका महाशाखा प्रमुखहरुसँग पनि सचिव काप्रीले कार्यसम्पादन सम्झौता गरी समयमै योजनाका कामहरु सम्पन्न गर्न निर्देशन दिनुभयो ।

गत आर्थिक बर्षमा सम्झौता अनुसार बजेट कार्यान्वयनमा कमी आएकोले चालु आर्थिक वर्षमा असार महिना अघि नै सबै योजना सम्पन्न हुनेगरी काम गर्ने सम्झौता भएको मन्त्री बुढाक्षेत्रीको भनाई छ । गत आर्थिक बर्षमा पनि मुख्यमन्त्रीले ८० प्रतिशत बजेट कार्यान्वयन गरिसक्ने गरी सम्झौता गर्नुभएको थियो । तर, प्रदेश सरकारले गत आवमा ६७ प्रतिशत मात्रै रकम खर्च गर्न सफल भएको थियो ।

प्रदेश सरकारले चालु आर्थिक बर्षका लागि ३६ अर्ब बढीको बजेट ल्याएको छ । सोही अनुसार चालु आर्थिक वर्षमा असार महिना नलाग्दै सबै योजनाको काम सक्ने गरी मुख्यमन्त्रीको कार्यालयले सबै मन्त्रालय र मन्त्रालयले कर्मचारीसँग कार्यसम्पादन सम्झौता गरेको छ ।

प्रकाशित मितिः सोमवार, भदौ २१, २०७८     6:17:19 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *