मन्दिर परिसरमा रुद्राक्षका विरुवा रोपियो

२२ भाद्र,  सुर्खेत । निजामति कर्मचारी दिवसको अवसरमा भू तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ र शिव मन्दिर व्यवस्थापन समितिको समन्व्यमा शिव मन्दिर परिसरमा रुद्राक्षका विरुवा रोपेको छ ।

मंगलवार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशी, प्रदेश वन निर्देशनालयका निर्देशक शिवराम अधिकारी, डिभिजनल बन अधिकृत गोविन्द दहाल, भू तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख शेरबहादुर श्रेष्ठ, वडा नं. ९ का वडाअध्यक्ष सुरेश मानन्धरलगायतले मन्दिर परिसरमा १८ वटा रुद्राक्षको विरुवासहित अन्य प्रजातिका गरी एक हजार पाँच सय विरुवाहरु रोप्नुभएको हो ।

मन्त्रालयका सचिव जोशीले सहरी क्षेत्रको सौन्दर्यता बढाउन र वातावरणको सुरक्षा गर्न वृक्षारोपण आवश्यक रहेको बताउनुभयो । सो अवसरमा प्राविधिकतर्फ भू संरक्षण अधिकृत दिपेश केसी, प्रशासन तर्फ अधिकृत छैठौं चन्द्रप्रकाश कँडेल र कार्यालय सहयोगी कृपाराम जैसीलाई कदरपत्र सहित सम्मान गरिएको थियो ।

प्रकाशित मितिः मङ्लबार, भदौ २२, २०७८     5:31:07 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *