तीजको अवसरमा दृष्टिविहिनहरुलाई खाद्य हस्तान्तरण


२३ भाद्र, सुर्खेत । हिन्दुनारीहरुको महान चाड हरितालिका तीज २०७८को अवसरमा आज दृष्टिविहिनहरुलाई दर खानकालागि खाद्य सामाग्री हस्तान्तरण गरिएको छ ।

दृष्टिविहिन हेरविचार केन्द्र सुर्खेत तथा नेत्रहिन संघ सुर्खेतका सचिव सोमना खड्काले पहिचान नेपालको आर्थिक सहयोगमा ८ जना दृष्टिविहिनहरुलाई खाद्य हस्तान्तरण गरिएको हो ।

सचिव खड्काका अनुसार दर खानकालागि खाद्य सामाग्रीहरुमा २५ केजी चामल २ केजी दाल २ केजी चिनी १ केजी नुन र १ लिटर खानेतेल र स्वास्थ्य सामाग्री मास्क र स्यानिटाइजर वितरण गरिएको थियो ।