देउती बज्यै मन्दिर सरसफाई (भिडियोसहित)

२६ भाद्र, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रसिद्ध शक्ति की देवी देउती बज्यै मन्दिर आज सरसफाई गरिएको छ ।

कर्णाली स्वयंसेवक दल सुर्खेतको संयोजनमा नेपाल प्रहरी, ससस्त्र प्रहरी, ट्राफिक प्रहरी, सत्यसाई केन्द्र र स्वयम् सेवक यूवाहरुद्वारा आज मन्दिर परिसर सरसफाई गरिएको दलका अध्यक्ष सुदर्शन श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो हामीले देउती मन्दिर परिसरमा फोहोर देखेपछि सरसफाई गरेका हौं।

त्यस्तै कार्यक्रममा देउती बज्यै मन्दिर पूर्वाधार विकास समितिका संयोजक मुकुन्दश्याम गिरीले मन्दिरमा विभिन्न पूर्वाधारहरु निर्माण भैरहेको जानकारी दिनुभयो ।

विगत ३ बर्ष देखि देउती बज्यैमा विभिन्न भाैतिक पूर्वाधारको निर्माण पूर्वाधार विकास समितिले गरिरहेको छ समितिले विभिन्न दाताहरूकाे सहयाेगमा यज्ञशाला, शिव मन्दिर, हनुमान मन्दिर निर्माण गरिरहेको छ । त्यस्तै शनी मन्दिर शाैचालय, खानेपानी ईनार तथा संतसंग भवन तयार भैसकेकाे छ ।

कार्यक्रममा देउती बज्यैकाे विकासकाे संकल्प लियर २ बर्ष पहिले यज्ञको आयोजना गरि देउती बज्यै मन्दिरको नियमित विकासमा लाग्नुभएका चितवान देवाघाटका सन्त सविन सिवाकोटीले सबैजना मिलेर मन्दिरको संरक्षण र सरसफाई गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो मन्दिर व्यवस्थापन समितिले सरसफाई गर्ला भनेर बस्नु भन्दा सरसफाईमा सबैले ध्यान दिनुपर्छ ।

प्रकाशित मितिः शनिबार, भदौ २६, २०७८     1:38:21 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *