मुहार फेर्न खोज्दै कर्णालीको आस्थाको धरोहर शक्तिकी देवी “देउती बज्यै” (भिडियोसहित)

-धर्मराज आचार्य,

हाम्रा पितापूर्खाले मानी आएको र अकाल एवं विपदको अवस्थामा हामीलाई संरक्षण गरिरहने हामी सबैको आस्थाकी धरोहर सुर्खेत जिल्ला मात्र नभएर कर्णाली प्रदेश कै र देश विदेशमा समेत सुपरिचित श्रीगंगामाला देउती बज्यैको मन्दिरका बारेमा जानकारी नहुने मनिस नेपालमा कमै छन । जुन प्रख्याती माता देउती बज्यैको फैलिएको छ ।

त्यसै अनुरुपको स्थलगत भौतिक पूर्वाधारको अवस्था सुलभ बन्न नसकेका कारण हामी र हजारौं आस्थावान धर्मावलम्वीहरुले माथा टेक्न आउने क्रममा सामान्य सुविधा (पानी शौचालय) सम्म पनि पाउन नसकेको देख्दा सुर्खेती जनता र आस्थावान सबैको मन कटक्क हुनु स्वाभाविकै हो ।

मन्दिर बनाउन जूटेको पूर्वाधार विकास समिति

गत २ बर्षमा देउती बज्यै मन्दिरले केहि रूप फेर्न लागेको अनुभुति मन्दिर परिसरमा भएको कामले देखिन्छ  । यो मन्दिरको पुर्वाधार विकासको सुरूवात देउती बज्यैलाई माताका रुपमा पुज्दै आएका समाज भित्रकै केही उत्साहित ब्यक्तिबाट देउती बज्यैको हाताभित्र दर्शन र विश्रामयोग्य केही भौतिक संरचनाहरु सबैको सहयोगबाट निर्माण गरी आगन्तुकहरुलाई सुविधायोग्य बनाउन सकिन्छ कि भन्ने हेतुले २०७५ बैशाख ७ देखि ९ दिनसम्म संचालन भएको विराट महायज्ञबाट त्यहाँ केही सुधारका कामहरु शुरु गर्ने जमर्को भयको हो ।

सोहि महायज्ञ अवधिमा मन्दिरको पश्चिमतर्फको पर्खाल पानीबत्तिको ब्यबस्थापन रंगरोगन लगाएतका सामान्य पुर्वाधारको विकास भएको छ । जो कुरा हाम्रासामु छर्लङ्ग छन् । स्थानीय समाजसेवी मुकुन्दश्याम गिरीको संयोजकत्वमा गठित देउति बज्यै मन्दिर पुर्वाधार विकास समितिले विभिन्न दाता तथा प्रदेश वन निर्देशनालयको सहयोगमा यज्ञकुन्ड, शिबमन्दिर,सतसंग भवन, हनुमान मन्दिर, शनिमन्दिर ,गणेश मन्दिर, शौचालय, कुवा लगाएत देविको मुर्ति  राख्ने कामहरु भैरहेको देखिन्छ ।

बन्यो डिपीआर सरकारले गर्यो लगानी

सरकारले प्रदेश वन निर्देशनालयको लगानीमा डिपिआर बनाएको छ । सोही कार्यालयले सतसंग भवन पनि बनाई दिएको छ । वीरेन्द्रनगर नगरपालिकाले ठेकेदार मार्फत बारबन्देज तथा भुईमा सिमेणट ब्लक बिछाउने काम पनि यसै अबधिमा गरिरहेको छ ।

दाताहरुबाट व्यक्तिगतरुपमा पुर्वाधार विकास समिति मार्फत निर्माण सम्पन्न भएका पुर्वाधारहरूः

१. शनी मन्दीर (लक्ष्मण कँडेल)

२. शौचालय (योगेश खत्री, सर्बाेत्तम पेन्टस)

३. कुवा (बालकृष्ण हमाल चालीसे)

दाता हरुबाट व्यक्तिगत रुपमा पुर्वाधार विकास समिति मार्फत निर्माणाधिन पुर्वाधारहरूः

१. यज्ञशाला (मुकुन्दश्याम गिरी)

२. शिव मन्दिर (डाक्टर सिं गुरूङ्ग)

३. हनुमान मन्दिर (सुरथ कुमार पुरी)

दाता हरुबाट सकल्प गरिएका तर शुरु हुन बाँकी पूर्वाधारहरुः

गणेश मन्दीर पुर्न निमाण र देबीको मुर्ती स्थापना  गोबीन्द गाैतम

के भन्छन पुर्बाधार विकास समितिका संयोजक ?

हामी स्थानिय मानिसहरुले जे जति गर्न सकिन्छ आफ्नै ठाउँको विकासमा योगदान गर्नु पर्दछ ताकि अन्यत्र बाट आउने आगन्तुकहरुले पनि सुर्खेतमा केहि गर्ने मानिसहरुको कमिरहेनछ भन्ने महसुस गरुन । आफु केहि नगर्ने र अरुले गरेको कामको टिकाटिप्पणी गर्नेको हाम्रो समाजमा कमी छैन तर भन्नेको मुख दैवले बन्द गर्छ हामी निस्वार्थ कार्य गरौं भन्ने भावनाबाट काम गरौं मुल्यांकन गर्ने सच्चाहृदयका मानिसहरुको समाजमा कमि हुंदैन ।

केहि दिन चाहनेलाई केवल लिन चाहनेले जतिले पनि आलोचना गर्दछन् । देउतिबज्यै हामी सबै नेपालीको पुजनिय स्थल हो गुरु योजना अनुरुप केहि गर्छु भन्ने हरेक नेपाली या सुर्खेतीलाई सदा ढोका खुला रहेको पनि अनुरोध गर्न चाहन्छु । हामीले संकल्प गरेका सबै संरचनाहरु आगामी दिनमा पूर्ण हुनेछन र देउती बज्यै मन्दिर सुर्खेतको सुन्दर दर्शनिय स्थल हुनेछ भन्नेमा म विस्वस्त छु ।

देउती बज्यै मन्दिरलाई थप व्यवस्थित र आम्दानी खर्चको पारदर्शिता गरि सो बाट अन्य क्षेत्रमा समेत यो मन्दिरले आर्थिक सहयोग गर्न सकिने बनाउन आम जनसमुदाय र सरोकारवालाको ध्यान जानू पर्छ भन्ने हामीलाई लाग्दछ । पुण्य कार्यमा एक/एक पाई र दामको पनि महत्व रहेकाले म सहभागी बन्ने थिएँ भन्ने भावना भएका धर्मावलम्वी आस्थावान दाजुभाइ दिदीबहिनीहरुको सहयोगी हात र भावनाका लागि सदैब ढोका खुल्ला र स्थान सुनिश्चित गर्न  सबै को सहयोगको अपेक्षा गरिएको पुर्वाधार विकास समितिका संयोजक  मुकुन्दश्याम गिरी । उहाँ भन्नुहुन्छ यो यहाँको सानो सहयोगले देवी प्रसन्न रहने र देवीको परिसर दिप्तमय हुने भएको ब्यहोराका साथै स्थलगत भ्रमण समेत गरी हामीलाई प्रेरणा प्रदान गर्नुहुन हार्दिक निमन्त्रणा पनि गरेका छौं ।

गूरु योजनामा समेटीएका भौतिक पूर्वाधारहरुः

१. मूल मन्दिर रंगरोगन तथा मर्मत सम्भार ।

२. देउती बज्यै मन्दिरको प्राङ्गणको सुरक्षार्थ पर्खाल निर्माण ।

३. देउती बज्यैको प्रतिमूर्ति शिला मूर्ति स्थापना र प्राण प्रतिष्ठा ।

४. देउती बज्यै मन्दिर परिसरमा मार्वल जडान ।

५. बली छेडनका लागि सुरक्षित स्थान निर्माण ।

६. शनि ग्रह शान्ति मन्दिर निर्माण ।

७. अतिथि विश्राम गृह निर्माण ।

८. शिव मन्दिर निर्माण ।

९. हवन तथा पुजाका लागि सुविधा सम्पन्न यज्ञशाला निर्माण ।

१०. पवनपुत्र हनुमान मन्दिर निर्माण ।

११. मौजुदा गणेश मन्दिरमा भौतिक सुधार ।

१२  मूलद्वारका दायाँपट्टी फुलबारी निर्माण ।

१३. पुजारी विश्राम गृह निर्माण ।

१४. महिला तथा पुरुषका लागि स्नान गृह निर्माण ।

१५. महिला तथा पुरुषका लागि शौचालय निर्माण ।

१६. उपयुक्त पिउने तथा सरसफाईका लागि पानी संचित ट्यांकी निर्माण ।

१७. जुत्ता स्ट्याण्ड ।

१८. यातायातका साधन पार्किङ्ग स्थल निर्माण ।

१९. सुरक्षाकर्मीका लागि कक्ष निर्माण ।

२०. विभिन्नअनुष्ठानका लागि खुल्लास्थानको व्यवस्था ।

२१. वृक्षारोपण ।

२२. सम्पूर्ण निर्माण गरिएका भौतिक संरचनामा उपयुक्त रंगरोगन  गरि मुल समितिलाई हस्तान्तरण ।

गूरु योजनामा समेटीयका तर निर्माण शुरु नभयका भौतिक पूर्वाधारहरुः

के गर्दै छ मन्दीर मुल समिति र समितिका अध्यक्ष नगरप्रमुख देवकुमार सुबेदी ?

मन्दिर ब्यबस्थापन समितिकाे अध्यक्ष नगरप्रमुख रहने प्रावधान अनुसार अध्यक्ष बन्नुभएका नगरप्रमुख देवकुमार सुबेदीकाे पालामा मन्दिरमा दानभेटी वापतकाे रकम यथेष्ट बैक जम्मा भए पनि नियमित बैठक तथा सुधारकाकाम निकै न्यून भएका छन् ।

के भन्छन दाता ?

करिब १० लाखकाे लागतमा शनि मन्दिर निर्माण गर्नुभएका सुर्खेत उद्योऊ बाणिज्य महासंघका महसचिव मन्दिर व्यवस्थापन समिति चुस्तदुरूस्त भए धेरै दाताहरूले मन्दिरको विकास गर्न तयार रहेको बताउनुहुन्छ ।

के भन्छन दर्शानार्थी ?

कर्णाली प्रदेशकाे राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेकाे देउती बज्यै मन्दिरमा शाैचालय र पानीकाे व्यवस्था नहुनु, दिउँसो मन्दिरका ढाेका बन्द रहनु दुखद भएकाे अन्य जिल्लाबाट आउने श्रद्धालु भक्तजनको गुनासो रहेको छ ।

प्रकाशित मितिः शनिबार, अशोज १६, २०७८     9:16:16 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *