Realme मोबाइलका दुई नयाँ मोडेल बजारमा


१६ असोज, सुर्खेत । मोबाइल फोनहरुको भिडमा आक्रमक तरिकाले नेपाली बजारमा आफ्नो प्रभुत्व जमाउँदै गरेको RealMe Brand  का Realme C20 र Realme C21 मोडेल मोबाइल फोनहरु जगदम्वा मोबाइलले सार्वजनिक गरेको छ ।

३२ जीबी मेमोरी र २ जीबी ¥याम भएको रियलमी सी–२० को मूल्य नेपालमा १२ हजार ८ सय ४९ रुपैयाँ र ६४ जीबी मेमोरी र ४ जीबी ¥याम भएको रियलमी सी–२१ को मूल्य १६ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । रियलमी सी–२० र सी–२१ मा ६.५ इन्चको डिस्प्ले, सुपर पावर सेभिङ मोड भएको पाँच हजार मेगाहर्ज ब्याट्री, जिओमेट्रिक आर्ट डिजाइन, मिडियाटेक हेलियो जी–३५ प्रोसेसरका साथै दुई सय ५६ जीबीसम्म बढाउन मिल्ने माइक्रोएसडी छ । स्मार्टफोनमा सुपर नाइटस्कोप भएको अल ट्रिपल क्यामेरा, अक्टा कोर १२ एनएम २.३ गिगाहर्ज प्रोसेसर पनि रहेको छ ।

यस्तै कम्पनीले  Realme 8 को नयाँ भेरियन्ट पनि नेपालमा सार्वजनिक गरेको छ । १२८ जीबी मेमोरी र ६ जीबी ¥याम भएको यो स्मार्टफोन मात्र २८ हजार ७ सय ९९ रुपैयाँमा पाइने जगदम्बा मोबाइलका बजार प्रतिनिधी लक्ष्मण वलीले बताउनुभयो ।

कर्णाली प्रदेशमा Realme मोबाइलकालागि ज्वाला कम्प्यूटर सप्लायर्स सुर्खेत अधिकृत विक्रेता रहेको छ ।