कर्णाली मल विधिवत् संचालनमा

२१ असोज, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा संचालित कर्णाली मल आजदेखि विधिवत् संचालन भएको छ ।

करिब २२ करोड लागतमा सञ्चालनमा आएको मलको बिहीबार कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गर्नुभएको छ ।

‘विकास भनेको सडक निर्माण गर्नुमात्रै हैन्, आम नागरिकहरुलाई सन्तुष्टि दिन र रोजगारीसहितको व्यवसायीक विकास पनि जरुरी हो,’ मलको उद्घाटनपछि मुख्यमन्त्री शाहीले भन्नुभयो ‘व्यवसाय आधुनिकशैलीमा रुपान्तरण गरेर अहिलेका नागरिकहरुको आवश्यकतामा आधारित मल सञ्चालन गर्नु राम्रो पक्ष हो ।’

मुख्यमन्त्री शाहीले कर्णालीमा ठूलो लगानीमा नीजि क्षेत्रले थालेको यो प्रयास प्रशंसनिय रहेको उल्लेख गर्नुभयो । नीजि क्षेत्रको साथविना सरकार एक्लै केही गर्न नसक्ने भन्दै मुख्यमन्त्री शाहीले नीजि क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको र आगामी दिनमा थप सहुलियत प्रदान गर्ने प्रतिवद्धता जनाउनु भयो ।

मल संचालन संगै ५० जनाले रोजगारी पाएका छन् । कर्णालीबासीहरुलाई हस्पीटालिटी भएको उच्चस्तरिय समान सस्तो मुल्यमा प्रदान गर्न मल सञ्चालनमा ल्याइएको प्रवन्ध निर्देशक सुशील शर्माले बताउनुभयो ।

उहांकाअनुसार मलमा पर्व लक्षित १० प्रतिशत छुट अफर सञ्चालन गरिएको छ । मलमा ग्रोसरी, भाँडाकुडा, लत्ता कपडाको सबै भेराइटी, खेलौना, इलेक्ट्रोनिक सामग्रीहरु विक्री वितरण गर्दै आएको छ । साथै, मलले उपभोक्ताहरुका लागि होटल पनि सञ्चालन गरेको छ ।

‘सम्पूर्ण सामानहरु एकै ठाउँबाट प्रदान गर्ने उदेश्यले मल सञ्चालनमा ल्याएका हौं,’ सञ्चालक भरत ढकालले भन्नुभयो ‘कतिपय व्यक्तिमा मलमा सामान महंगो पर्छ भन्ने भ्रम रहेकाले त्यो गलत भएको बताउँदै उच्च स्तरिय सबै प्रकारका सामानहरु हामीले सस्तो दरमा उपलव्ध गराइरहेका छौं ।’

गत वर्ष कार्तिक १५ गतेबाट सञ्चालनमा आएको मल कोरोना महामारीको सामान गरेपछि औपचारिक रुपमा आजदेखी सञ्चालनमा ल्याइएको हो