सुर्खेतबाट ५ हजार बढी खसी निर्यात



२५,असोज सुर्खेत ।दशै–तिहारलाई लक्षित गरेर सुर्खेतबाट ५ हजार बढी खसी काठमाडौ र पोखरा निर्यात गरिएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका र बराहताल गाउपालिकामा रहेका विभिन्न महिला सहकारीमा आबद्ध महिलाहरुकले पालेको ।५ हजार ७ सय ३७ वटा १० करोड ४८ लाख १६ हजार २ सय ८७ रुपैया बराबरको खसी काठमाडौं र पोखरा पठाइएका हुन । तीन वटा स्थानीय तहमा रहेका आठ वटा महिला सहकारीमा आवद्ध महिलाहरुले पालेको खसी काठमाडौं र पोखरा निर्यात गरिएको हो ।

महिलालाई व्यावसायिक र आत्मनिर्भर लागि कृषि तथा पशुपालन व्यवसायमा सहकारीहरुले आवद्ध गराएका छन् । महिलाहरुले सहकारीबाट ऋण लिएर कृषि तथा पशुपालनलाई व्यावसायिक गराउन थालेका छन् । सहकारीहरुकाले महिलाहरु र गाउका अन्य कृषकहरुले पालेका खसी सहकारीले संकलन केन्द्र स्थापना गरेपछि कृषकहरुले उचित मूल्य पाएका छन् । यसमा हेफर इन्टरनेशनल नेपाल र सुन्दर नेपाल संस्थाले साना किसानहरुको संस्था सवलीकरण परियोजना मार्फत प्राविधिक र बजारीकरणमा सहयोग गर्दे आएको छ । परयोजनाले महिलाहरुलाई बाख्रापालन सम्बन्धी तालिम तथा प्राविधिक सहयोग गरेको हो ।

कृषकहरुले जिउंदो खसीको प्रतिकेजी पांच सय रुपैया बिक्री गरेका छन् । उत्तरगंगा सामाजिक उधमी महिला सहकारी संस्था,उपहार सामाजिक उद्यमी महिला सहकारी, सफलता सामाजिक उद्यमी महिला सहकारी,सफल सामाजिक उद्यमी महिला सहकारी, भेरीकिनारा सामाजिक उद्यमी महिला सहकारी,सम्झौता सामाजिक उद्यमी महिला सहकारी, त्रिवेणी सामाजिक उद्यमी महिला सहकारी र लाटीकोईली सामाजिक उद्यमी महिला सहकारीबाट खसी पोखरा र काठमाडौं निर्यात भएका हुन । सहकारीमा आवद्ध महिलाले अनिवार्य रुपमा बाख्रापालन गर्ने गरेका छन् । सहकारी मार्फत संकलन केन्द्र स्थापना भएपछि बाख्रापालन कृषकलाई राहत भएको छ ।

कृषकहरुले बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी हुने गरेको बताएका छन् । संकलन केन्द्र मार्फत खसी बिक्री गर्दा उचित मूल्य पाउने भएकाले आफूहरुलाई राहत भएको कृषकहरुको भनाइ छ ।

बराहताल गाउपालिका वडा न ८ कुनाथरीका चन्द्रा गौतमले गाउंमा संकलन केन्द्र स्थापना भएपछि आफूहरुलाई सहज भएको बताइन् ।घरमै व्यापारी आउदा अनुमानको भरमा बिक्री गर्नुपर्र्ने हुन्थ्यो । अहिले संकलन केन्द्र भएपछिं हामीले उचित मूल्य पाउका छौ उनले भनिन् ।