सुर्खेतमा पनि फूलपाती भित्र्याईयो (भिडियो सहित)



२६,असोज सुर्खेत ।आज बडादशैंको सातौ दिन अर्थात् सप्तमी ।यस दिनलाई फूलपाती भन्ने चलन छ । दशैंको खास रौनक आजबाट सुरु हुन्छ ।हिन्दू धर्मावलम्बीहरु परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाउँदै छन् । सप्तमीका दिन सबै नेपालीका घरघरमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक फूलपाती भित्राइन्छ ।

यसै गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) पदम बहादुर बिष्ट अनुशार आज जिल्लामा अवस्थीत राजदलगण मंगलगढीका गणपतीले बिहान पुजा गरेर ८ः५० मिनेटमा निकालिएको फूलपातीलाई बजार परिक्रममा गरेर जिल्ला प्रशासन कार्यालय सुर्खेतको परिसरमा प्रमुख जिल्ला छविलाल रिजाल र सम्पूर्ण सुरक्षा निकाएका प्रमुखहरुले पुजा गरेपश्चात आ–आफ्नो गणमा लैजाने प्रचलन अनुशार सुर्खेतमा पनि मनाईयो।

फूलपाती भित्रयाउन गुरुज्युको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामती सेवाका उच्चपदस्थ अधिकारीहरु, आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङगारिएका कल्स्यौडीहरु र साँस्कृतिक टोलीको लावालस्कर सुर्खेत जिल्लाको जिल्ला प्रशासन कार्यालय पुगेको थियो । आज कालरात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । फूलपातीदेखि पूर्णिमासम्म सरकारी कार्यालय पनि बन्द हुने भएकाले घरबाट टाढा रहेका व्यक्तिहरु मूलघरमा दुर्गा भवानीको टीका थाप्न जानेक्रम शुरु हुन्छ ।

यसरी बस्यो परम्परा

तत्कालीन राजा पृथ्वीनारायण शाहको पालादेखि गोरखकाली मन्दिरको दशैंघरबाट फूलपाती ल्याएर काठमाडौंको हनुमानढोका दरबारमा भित्राउने परम्परा सुरु भएको हो । पृथ्वीनारायण शाह गोरखाको राजा हुनुभन्दा अगावै त्यहाँको दरबारमा धुमधामका साथ फूलपाति राख्ने प्रचलन थियो । उनका बाबु नरभूपाल शाह र हजुरबुबा वीरभद्र शाहभन्दा पनि अघि पृथ्वीपति शाहकै शासनमा समेत त्यहाँको दरबारमा धुमधामका साथ फूलपाति राखिन्थ्यो ।

१७९९ सालमा गोरखाको राजा भएका पृथ्वीनारायण शाहले अन्य राज्यमा पनि जित हासिल गर्दै गए । १८२५ सालमा काठमाडौं उपत्यका विजय हासिल गरी यही खाल्डोलाई देशको राजधानी बनाएपछि गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती भित्राउने थालियो ।

उपत्यकाको कान्तिपुर राज्यमा विजय प्राप्तिपछि पृथ्वीनारायण शाहले हनुमानढोकामा गोरखाबाटै फूलपाती ल्याउन हुकुम गरेको बताइन्छ । ‘उ बेला राजा महाराजाको हुकुम नमान्ने कुरै भएन’, प्रा।डा। गौतम भन्छन्, ‘विस्तारै यसले परम्पराकै रुप लियो ।’