शेरबहादुर शाही जुम्लामा मृत भेटिए, हत्याको आशंका


२८ असोज,सुर्खेत ।जुम्लाको खलंगामा होटल व्यवसायी गर्दै आएका दैलेखका शेरबहादुर शाही होटल भित्रै मृत भेटिएका छन् ।

शाहीले जुम्लाको चन्दननाथ नगरपालिका–६ पुरानो बसपार्क नजिक कर्णाली राजमार्गको छेउमा भ्यालीभ्यू होटल सञ्चालन गर्दै आएका थिए। उनको शव आज बिहीबार विहानै होटलको बराण्डामा भेटिएको हो। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार अहिले प्रराम्भिक अनुसन्धान भइरहेको छ। होटल बाहिर यत्रतत्र रगतका छिटाहरू देखिएपछि हत्याको आशंका गरिएको छ। शाहीले झण्डै डेढ दुई वर्षदेखि जुम्लामा होटल व्यवसायी सञ्चालन गर्दै आएका थिए ।

साभारःअनलाईन जागरण