शेरबहादुर शाहीको लडेर मृत्यु भएको पुष्टि


३१ असोज,सुर्खेत । यहि असोज २८ गते बिहिबारका दिन जुम्लाको भ्यालीभ्यू होटल अगाडि मृत्य फेला परेका दैलेख ठाटीकाध गाउपालि ३ भेरीपातलका बर्ष ४५का शेरबहादुर शाहीको लडेर मृत्यु भएको प्रहरी अनुसन्धानले पुष्टि गरेको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरिक्षक दानबहादुर थापाका अनुसार सिसिटिभि प्रविधिले मृतक शाही होटलको च्यानल गेटमा माथि जान लाग्दा लडेर भुईमा टाउको लागेको देखिएपछि दुघटनामा ज्यान गएको हो ।

बिहिबार बिहान होटल अगाडि मृत्य अवस्थामा फेला परेपछि आफन्तहरुले हत्याको आशंका गर्नुभएको थियो । सिसिटिभि फुटेज देखाएपछि आफन्तहरुले पनि लडेर नै मृत्य भएको स्वीकार्नु भएको हो । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पोष्टमार्टम शव टिकाकै दिन बुझेको उपरिक्षक थापाले जानकारी दिनु भयो ।
मृतक शाहीले झण्डै डेढ–दुई वर्षदेखि जुम्लामा होटल व्यवसायी सञ्चालन गर्दै आउनु भएको थियो भने उहां होटल संचालक मध्य एक हुनुहुन्छ ।