काँक्रेबिहार गोल्ड कप फुटबल प्रतियोगिता २०७८ हुदै

३ कात्तिक, सुर्खेत । काँक्रेबिहार युबा क्लब सुर्खेतले यहि कात्तिक १० गतेदेखि सुर्खेतमा काँक्रेबिहार गोल्ड कप पुरुष फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । सुर्खेत जिल्लाका नौ वटै स्थानीय तहका टिमहरुको सहभागिता रहने बुधबार (आज) आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

क्लबका अध्यक्ष चन्द्र प्रकाश शाहीका अनुसार सुर्खेत जिल्लाका खेलाडिहरुको क्षमता अभिबृद्वी गर्न गोल्डकपको रुपमा प्रतियोगिता सुरु गर्न लागेका हौं,’ उहांले भन्नु भयो , समग्र रुपमा कर्णाली प्रदेशकै पर्यटन प्रवर्धनका लागि खेलकुदबाट सहयोग गर्न लागेका हौं ।

कात्तिक १० देखि १४ गतेसम्म आयोजना हुने प्रतियोगिताका लागि आईतबार ७ गते सांझ ५ बजेसम्म टिम दर्ताको समय तोकिएको हुँदा हाल सम्म कति टिमले सहभागीता जनाउने एकिन नभए पनि ७ वटा टिम आउने निश्चित नै छ ।

टिम दर्ताका लागि प्रत्यक सहभागी टिमलाई १० हजार रुपैयाँ तोकिएको छ भने प्रतियोगिता अवधीभर खाने र बस्ने व्यवस्था टिम आफैंले गर्नुपर्नेछ । सोही व्यहोरासहितको पत्र सबै स्थानीय तहमा पठाइएको पत्रकार सम्मेलनमा शाहीले बताउनु भयो ।

प्रतियोगिताका लागि ६ लाख खर्च लाग्ने अनुमान क्लबले गरेको छ । त्यसका लागि वीरेन्द्रनगर नगरपालिकाको दुई वडा, नगरपालिका, कर्णाली खेलकुद परिषद, जिल्ला फुटबल र खेलकुद विकास समिति तथा सामाजिक विकास मन्त्रालयले सहयोगको आश्वासन दिएका छन् ।

वीरेन्द्रनगरको रंगशालामा आयोजना हुने प्रतियोगिता हेर्न आउने दर्शकका लागि पनि टिकटको व्यवस्था गरिएको छ । टिकट शुल्क २० रुपैयाँ निर्धारण गरिएको छ भने प्रतियोगिताको विजेता टोलीले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनुका साथै खेल अवधिभर सम्पुर्ण विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई जनही ५/५ हजारका दरले पुस्कार प्रदाने गर्ने र म्यान अफ द म्याज हुने खेलाडीलाई २ हजार प्रदान गर्ने शाहीले बताउनु भयो ।

प्रकाशित मितिः बुधबार, कार्तिक ३, २०७८     10:31:57 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *