नेत्रहिन युवा संघ सुर्खेतद्वारा शुभकामना आदानप्रदान


१७ कार्तिक, सुर्खेत । नेत्रहिन युवा संघ नेपाल, शाखा सुर्खेतले शुभ दिपावली, नेपाल संवत ११४२ र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेत्रहिन युवा संघ नेपालका महासचिव रामचन्द्र गैरेले नेत्रहिन युवा संघ नेपालले अधिकारको क्षेत्रमा आफ्नो स्थापनाकाल देखि नै विभिन्न मुद्दामा लडाइँ गर्दै आएको उल्लेख गर्दै यस्ता कार्यक्रम आयोजना मार्फत पनि संस्थाको परिचय र संस्था प्रतिको बुझाइ अझ वृहत बनाउने र त्यसले समुदाय र संस्था बीचको आपसि सहयोगि सहकार्य बलियो हुने बताउनुभयो । गैरेले यस्ता सार्वजनिक कार्यक्रमहरूले संस्थागत यैक्यबद्धता बलियो बन्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा नेत्रहिन युवा संघ नेपाल, शाखा सुर्खेतका उपाध्यक्ष उत्तम बिकले संस्थाले स्वास्थ्य, शिक्षा र रोजगार प्रवर्धन लगायतका क्षेत्रमा कार्य गर्दै आएको बताउँदै शुभकामना आदानप्रदानले व्यक्ति र संस्थागत समिप्यता बढाउन मदत पुग्ने बताउनुभयो ।

अनलाइनबाट सम्पन्न कार्यक्रममा नेत्रहिन युवा संघ नेपालका विभिन्न जिल्लाका अध्यक्षहरू, नेत्रहिन संघ कर्णाली प्रदेशका अध्यक्ष सुरेश कुमार खड्का, नेत्रहिन क्रिकेट संघ कर्णाली प्रदेशका अध्यक्ष कर्ण कार्कि, नेपाल दृश्टिविहिन कल्याण संघ कैलालिका सचिव मात्रिका उपाध्याय, महिला अपांग समाज सुर्खेतका अध्यक्ष धन्सरा शाही, दृष्टि विहिन हेरविचार केन्द्र सुर्खेतका अध्यक्ष जीवनकुमार शाक्य लगायत अपांगता भएका व्यक्तिहरूको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरू तथा अन्य अपांगता भएका व्यक्तिहरूको उपस्थिति रहेको थियो । नेत्रहिन युवा संघ नेपाल, शाखा सुर्खेतका अध्यक्ष शेर बाहादुर ओलीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव चेतन सुनारले गर्नुभएको थियो ।