प्रगतिशिल प्राध्यापक सङ्गठन क्याम्पस एकाइ समितीको अध्यक्षमा भट्ट

२४ कार्तिक, सुर्खेत । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन क्याम्पस एकाइ समिती, बहुमुखी क्याम्पस, वीरेन्द्रनगर,सुर्खेतको ११औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले  सर्वसम्मत रुपमा भट्ट महेशदत्त तारादत्तको अध्यक्षतामा ७ सदस्यीय कमिटी गठन गरेको छ ।

त्यस्तै अधिवेशनले सचिवमा थानेश्वर लामिछाने, कोषाध्यक्षमा सीता शाही र सदस्यहरूमा क्रमशः भवानीप्रसाद आचार्य, टेकबहादुर वली, उपेन्द्र मल्ल र रिदेश गिरीलाई सर्वसम्मत चयन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी सङ्गठनका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेशका संयोजक सह प्रा.डा.हर्कबहादुर शाहीले सबै प्राध्यापक देखि स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरु अध्ययन अनुसन्धानमा लाग्नु पर्ने कुरामा जोड दिनुभयो । त्यस्तै विशेष अतिथी क्याम्पस प्रमुख माधव खनालले अनुसन्धान र कृति प्रकाशन गर्नकालागि क्याम्पसले आवाश्यक सहयोग र हौसला प्रदान गर्ने ब्यबस्था मिलाउन सकिने धारणा राख्नु भएको थियो भने अर्का विशेष अतिथी केन्द्रीय सदस्य डा. श्यामलाल मगराती ले पनि पेशागत हित र गुणात्मक शैक्षिक सुधार का लागि क्याम्पस सग जोडिएका सम्पुर्ण पक्ष त्यतिकै मात्रा मा जिम्मेवार भएर लागि पर्नु पर्ने भन्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा कमिटीका पूर्व अध्यक्ष नेमबहादुर शाहीलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण संगठनका सचिव थानेश्वर लामिछानेले गर्नुभएको थियो ।

प्रकाशित मितिः बुधबार, कार्तिक २४, २०७८     7:44:01 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *