श्रेष्ठ कर्णाली प्रदेशको मुख्यन्यायाधिवक्तामा नियुक्त (भिडियो सहित)

२८ कार्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारको मुख्यन्यायाधिवक्तामा अधिवक्ता ध्रुवकुमार श्रेष्ठ नियुक्त हुनुभएको छ ।

नवनियुक्त मुख्यन्यायाधिवक्ता श्रेष्ठले आजै नै प्रदेश प्रमुख कार्यालयमा पद तथा गोपनियताको सपथ लिनुभएको छ । नेपालका संविधानकाे धारा १६० काे उपधारा (२) बमाेजिम मुख्यन्यायाधिवक्तामा श्रेष्ठलाइ नियुक्त गरिएकाे प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

निरन्तर ३० अधिवक्ता पेशामा रहनुभएका श्रेष्ठले मुख्यन्याधिवक्ताकाे कार्यालयमा आज नै पदभार ग्रहण गर्नुभएको छ । नवनियुक्त मुख्यन्यायाधिवक्ता श्रेष्ठले पदभार ग्रहण गर्दै कर्मचारीहरु संग पारिवारिक वातावरणमा कर्मचारीहरुको इज्जत मानप्रतिष्ठा कायम गर्दै आफुले काम गर्ने बताउनुभयो ।

प्रकाशित मितिः आइतवार, कार्तिक २८, २०७८     6:02:54 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *