कर्णाली सरकारको कृषि मन्त्रीमा शाही नियुक्त

३० कार्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा चन्द्रबहादुर शाही नियुक्त हुनुभएको छ ।

शाहीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको मन्त्रीमा सपथ खुवाउने तयारी हुँदै गर्दा शाहीले मन्त्रालयमा असन्तुष्ट जनाएपछि अन्त्यमा कृषि मन्त्रीका रुपमा शाहीले सपथ ग्रहण गराइएको हो ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले शपथ लिएको दुई सातापछि कर्णाली सरकारमा १ जना मन्त्री थपिएका हुन् । नवनियुक्त मन्त्री शाही मुगु क्षेत्र नं. १ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । शाही नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकिकृत समाजवादी तर्फका सांसद हुनुहुन्छ ।

सथप ग्रहण पछि नवनियुक्त मन्त्री शाहीले सञ्चारकर्मीहरु संग आफूहरुले प्रदेशकालागि अनवरत रुपमा काम गर्ने प्रतिवबद्धता गरेर यो ठाउँमा आएको प्रतिकृया दिनुभयो ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक ३०, २०७८     7:48:22 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *