नेपाली काँग्रेस सुर्खेतको जिल्ला अधिवेशन भोली हुँदै


११ मंसीर, सुर्खेत । सुर्खेत जिल्लाको क्षेत्र नं. १ को केन्द्रिय महाधिवेशन दलित प्रत्यक्ष तर्फको मत परिणाम संगै नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सुर्खेतको जिल्ला अधिवेशन भाेली आइतबार हुने भएको छ ।

शुक्रबार गर्ने भनिएको जिल्ला अधिवेशन आइतबारसम्मका लागि सरेको थियाे । आज सम्पन्न निर्वाचन क्षेत्र नं १ मा भएको निर्वाचनमा ४ सय ५५ मत खसेकोमा संस्थापन पक्षका उदे कामीले ४ सय ३४ मत ल्याइ विजयी हुन भएको छ । अर्का उम्मेदवार बागवीर दमाईले ४ सय २६ मत ल्याउनुभएको भने अर्का भिमबहादुर विकले २२ मत मात्र प्राप्त गर्नुभएको थियो ।

दलित तर्फको मत परिणाम संगै जिल्ला अधिवेशनकालागि अहिले साँझ ५ बजे देखि राती ८ बजे सम्म उम्मेदवारी दर्ता गर्न सकिने बताइएको छ ।